२३ भदौ, मुग्लीन । मनकामना केबलकार सञ्चालनमा आएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको हो ।
मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
आज बिहानबाट केबलकार सञ्चालनमा आएको उनले जानकारी दिए । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।
गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको ईच्छाकामना – ४ चेरेसमा रहेको छ ।
रासस
वि.सं.२०७८ भदौ २३ बुधवार १३:१९ मा प्रकाशित






























