back
CTIZAN AD

सूचना प्रविधिकै कारण शिक्षण सिकाइ न्यून

वि.सं.२०७८ भदौ २३ बुधवार

867 

shares

२३ भदौ, पाल्पा । विद्यालय शिक्षाको शिक्षण सिकाइ प्रक्रियामा सूचना प्रविधिकै कारण शिक्षण सिकाइ न्यून भएको छ । शिक्षक तथा विद्यार्थीको रुचि नै नहुनु र विद्युत्, इन्टरनेट र मोबाइलकै कारण शिक्षण सिकाइ प्रक्रियाको उपलब्धि न्यून भएको हो ।

शिक्षा तथा विकास समन्वय एकाइ र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाद्वारा हालै आयोजित ‘शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा जिल्ला समन्वय समिति प्रमुख ध्रुव कुँवरलगायत सहभागीले शिक्षामा पर्याप्त बजेटको अभाव शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन नसकेको बताएका छन् ।

कार्यक्रममा जिसस प्रमुख कुँवरले कोरोनाको उच्च जोखिमका समयमा अनलाइन माध्यबाट पठनपाठनलाई निरन्तरता दिएको बताए । एकाइका प्रमुख रमेश पौडेलले ग्रामीण क्षेत्रमा अझै पनि मोबाइलका कुराकानी गर्न समस्या भएका क्षेत्रमा अनलाइन शिक्षाको प्रभावकारिता खोजी गर्नुको अर्थ नरहेको बताए ।

अनेरास्वियु क्रान्तिकारी विद्यार्थी सङ्गठन सदस्य उमा विक र अखिलका जिल्ला सचिव राधाकृष्ण दङ्गालले अनलाइन शिक्षामा ५० प्रतिशत विद्यार्थी उपस्थिति नभएको बताए । कार्यक्रममा शिक्षक कपिल कुँवर, रामप्रसाद ढकाल लगायतले सूचना प्रविधिको प्रयोग गरी हुने पठनपाठन प्रभावकारी नहुने बताए ।

जिल्लाको अधिकांश विद्यालयमा शिक्षण सिकाइ अनलाइनबाट हुँदै आएको छ । सिकाइ प्रक्रिया प्रभावकारी नभए पनि निजी विद्यालयले शुल्क उठाउन रोकिएको छैन ।

रासस

वि.सं.२०७८ भदौ २३ बुधवार १५:०० मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...