२३ भदौँ, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) ६० दशमलब ०२ अकंल घटेर २८७६ दशमलब ५९ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ९१ अकंले घटेर ५३६ दशमलब ५२ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको ६ अर्ब ६४ करोड २२ लाख २३ हजार ४२६ रुपैंया बराबरको १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७४ हजार ८ सय ९० पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा युनाइटेड मोदी हाईड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, स्वरोजगार लघुवित्त, रिडी हाईड्रोपावर, रैराङ्ग हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिटिजन म्यूचल फण्ड, नबिल ब्यालेन्स फण्ड, नबिल इक्यूटी फण्ड, सिटिजन म्यूचल फण्ड युनाईटेड मोदी हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा सानिमा लाईफ इन्स्योरन्स, एक्सल डेभल्पमेन्ट बैंक, रैराङ हाईड्रोपावर, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने लाईफ इन्स्योरेन्स कर्पोरेशन, गुडविल फाइनान्स, एनआईबिएल समृद्धि फण्ड १,गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
आज भएको कारोबारमा २० कम्पनी लागनीकर्ताले कमाउदाँ १६१ कम्पनीमा लगानीकर्ताहरुले गुमाएका छन ।
वि.सं.२०७८ भदौ २३ बुधवार १५:२२ मा प्रकाशित


























