back
CTIZAN AD

मेक्सिकोमा शक्तिशाली भूकम्प

वि.सं.२०७८ भदौ २३ बुधवार

834 

shares

२३ भदौँ, काठमाडौँ । मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७।१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्मप्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताएका छन ।

भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन । केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए ।

कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार १६:०५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...