back
CTIZAN AD

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ २३ बुधवार

621 

shares

२३ भदौँ, काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १ गते देखि असोज ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

No photo description available.

वि.सं.२०७८ भदौ २३ बुधवार १६:४२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...