back
CTIZAN AD

टीभीएसको अपाचे २०० फोरभी बीएस-भीआई सार्वजनिक हुँदै

वि.सं.२०७८ भदौ २३ बुधवार

585 

shares

२३ भदौ, काठमाडौ । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २००फोरभी आईबीए–भीआई मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले अपाचे आरटीआर २०० फोरभी फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इञ्जिनसहितको नयाँ बहु–प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।

उक्त मोटरसाइकल बिहीबार सार्वजनिक गर्ने भएको छ । साथै टिभिएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य बिभिन्न डिजिटल माध्यमबाट गरिने भएको कम्पनीले जनाएको छ ।

टिभिएस् अपाचे आरटीआर २००फोरभी मा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलको अर्को पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस–भीआई कम्प्लेन्ट इन्जिन रहेको छ । बीएस–भीआई कम्प्लेन्ट इञ्जिनसहितको सो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनहरू कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

यसैगरि मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने पूरै ग्राफिक्स रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरकको नेपालभर १३२ भन्दाबढी डिलरहरू छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार २१:२४ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...