Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

विभिन्न पसलबाट बिग्रिएको मासु जफत गरी नष्ट गरियो



२४ भदौ, खलङ्गा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ ।

व्यापारीले कुहिएको अस्वस्थमा मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँको नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो । यसक्रममा खुला र अव्यवस्थितरूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलागाईँले जानकारी दिए ।

उनले भने, “खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैँसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ ।

हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौँ । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो । सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका छ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी रु ६९ हजार ७४० बराबरको सामान नष्ट गरिएको थियो ।

व्यापारीले खुलारूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहर नउठाउँदा बजार दुर्गन्धित बनेको सहायक प्रजिअ चौलागाईँले बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।