back
CTIZAN AD

देउवाका पाँच कदम, जसले बढायो गठबन्धनभित्र आशंका

वि.सं.२०७८ भदौ २४ बिहीवार

801 

shares

भदौ २४, काठमाडौं । बुधबार पार्टीको भातृ संगठन वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन फुटाउन खोजिएको टिप्पणी गरेका थिए । उनले एमसीसी राजनीतिक विषयका रुपमा अगाडि आएको बताएका थिए ।

‘प्रतिगमन परास्त गर्न बनेको गठबन्धनलाई एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिराखेका छन्’, प्रचण्डले भनेका थिए, ‘एमसीसी, आईपीएसलाई अगाडि सारिदियो भने यिनीहरुभित्र झगडा पर्ला कि भनेका छन् । हामीले यो बुझिराख्न जरुरी छ ।’

प्रचण्डले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सुरु भएको संवादलाई शंकाको रुपमा पनि लिएका थिए ।

  • एमसीसीप्रतिको लगाव
  • तुईन प्रकरण र हेलिकोप्टर प्रकरणमा मौनता
  • न्यूनतम साझा कार्यक्रमप्रति वेवास्ता
  • चीनसँगको सीमा विवादबारे छानबिन थाल्नु
  • सरकारको कामलाई वेवास्था, पार्टी महाधिवेशनमा सक्रियता

अहिले एमसीसी एउटा कारणको रुपमा देखिएपनि सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री देउवाका अन्य कदमका कारण पनि आशंका र अविश्वास बढेको देखिन्छ । देउवाले एमसीसी पास गराउन सत्तारुढ गठबन्धन होइन् विपक्षीसँग मोर्चा बनाउन खोजेको छन् ।

त्यस्तै देउवाले जयसिंह धामी वेपत्ता भएको तुइन प्रकरणमा अस्वभाविक मौनता देखाएका छन् भने बझाङमा भारतीय पक्षले गरेको हेलिकोप्टर गस्तीलाई वेवास्ता गरेका छन् । जसप्रति सत्तारुढ गठबन्धनका अन्य दलको आपत्ति छ ।

गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रमअनुसार नभई नयाँ–नयाँ इश्यूलाई देउवाले अगाडि बढाउन खोजेको देखिन्छ । देउवाले यसअघिकै सरकारले समाधान गरिएको भनिएको चीनसँगको सीमा विवादलाई पुनः समिति नै बनाएर अगाडि बढाउन खोजेका छन् । जसप्रति गठबन्धनभित्र तिव्र असन्तुष्टी व्यक्त भएको देखिन्छ ।

देउवा पछिल्लो समय सरकारको कामभन्दा पार्टी महाधिवेशन केन्द्रीत देखिएका छन् । मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भईरहेको सन्दर्भमा देखिएको असन्तुष्टीलाई समाधान गर्नेभन्दा पार्टीको आन्तरिक विषय मिलाउन उनको व्यस्तता देखिएको छ । सरकारको गतिविधिप्रति उनको भूमिका कमजोर देखिँदा थप गठबन्धनका नेताहरु अन्यौंलमा परेका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:२० मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...