२५ भदौ, काठामाडौँ । नवौँ विज्ञान दिवसका लागि नारा तय गरिएको छ । यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको हो । मन्त्रालयले दिवसलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड–१९ प्रति सचेत रही मनाउन आग्रह गरेको छ ।
रासस
वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:२२ मा प्रकाशित






























