२५ भदौ, काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने भएका छन् । नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्य पश्चात् बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेली बीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको जनाएको छ ।
हालसम्म बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंकले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइलबिल भुक्तानी, डेबिट कार्डको लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी गराएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट पुरा गरिरहेको छ ।
बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरी काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:०३ मा प्रकाशित






























