२९ भदौँ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो ।
मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।
भदौं १७ गते अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्ट प्रकरण छानविनको लागि ढुंगानालाई निलम्वन गरेको थियो । ढुंगाना निलम्वनमा परेपछि बोर्डको दैनिक काम प्रभावित भएको थियो ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १०:२७ मा प्रकाशित


























