back
CTIZAN AD

नेपाल भाषाका जीवन्त अभिनेता रामशेखरको निधन

वि.सं.२०७३ फागुन १६ सोमवार

708 

shares

१६ फागुन,भक्तपुर। वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो ।

अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको छ दशक हास्यव्यङ्ग्य लेखनमा बिताउनुभएको थियो । छ दशकको कला यात्रामा उहाँले व्यङ्ग्य लेखन मात्र नगरी आफैँले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गर्नुभयो ।

विसं २०११–१२ सालदेखि कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उहाँले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखनसमेत गर्नुभएको थियो ।

विसं २०११ मा उहा“ले पहिलोपटक ‘समाज सुधार’ शीर्Èकको नेपाली नाटकमा अभिनय गर्नुभएको थियो । त्यसपछि उहा“ले ‘साहसी महिला’ शीर्Èकको अर्को एउटा नेपाली नाटकमा अन्धो भिखारीको सानो भूमिकामा अभिनय गर्नुभएको थियो भने सो नाटकका लागि उहाँले ‘प्रभु लेऊ शरण म भिखारी’ बोलको यो गीत रचना गर्नुका साथै गाउनुसमेत भएको थियो ।

नेपाल भाÈामा धेरै कथा लेख्नुभएका रामशेखर नकर्मीका कतिपय कथा नेपाली भाÈामा अनुवाद भएका छन् भने ‘मत ख्याः’ कथा अङ्ग्रेजी र ‘नसंफाःगु चा’ जापानिज भाÈामा समेत अनुवाद भएका छन् । ‘नसंफाःगु चा’ शीर्Èकको एउटै मात्र उपन्यास लेख्नुभएका रामशेखरले सो उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ र ‘गंकी वसुन्धरा सिरपा’ प्राप्त गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल भाÈाको पहिलो टेलिफिल्म ‘१२ बजे’ का उहा“ लेखक एवम् अभिनेता हुनुहुन्थ्यो । उहाँले लेखन, निर्देशन, अभिनय गर्नुभएको पःखा (पर्खाल) चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ पनि जित्न सफल भएको थियो ।

उहा“ले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’ लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ समेतमा अभिनय गर्नुभएको थियो । उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ ।

वि.सं.२०७३ फागुन १६ सोमवार १०:२६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...