back

भक्तपुरमा कांग्रेस अधिवेशनको चहलपहल सुरु

वि.सं.२०७८ असोज ५ मंगलवार

156 

shares
NTC AD
Global IME AD

५ भदौ, भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ ।

आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ ।

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि प्रकाशमान सिंहको टिमबाटसमेत उम्मेदवारी दिने गरी नगरसभापतिको आकांक्षी बढेपछि नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको बताइएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ९ गते चारवटै नगरपालिकामा सुरु हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए । यद्यपि आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा १० गते प्रजातान्त्रिक पद्दतिअनुरुप निर्वाचनबाट नेतृत्व चयन गर्ने बताए ।

नेपाली कांग्रेसले जिल्लाका ३८ वटा वडाको अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनमा नेतृत्व हत्याउन नेताको दौडधूप तथा उम्मेदवारी घोषणाको क्रम सुरु भएको हो ।

नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने भएकाले समूह तथा उपसमूहमा रहेका नेता नगरको नेतृत्व आफ्नो पक्षमा पार्न छलफलमा लागेका छन् ।

जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागतका नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका कांग्रेस नेताको भनाइ छ ।

भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला, पूर्व सभापति रवीन्द्र प्रधान, अनिल भुजु, प्रवीण लाखे, राजेन्द्र तमखु र शिव अवालले नगर सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यता मध्यपुरथिमि नगरपालिकामा पनि सभापतिको उम्मेदवारीका लागि दौडधूप बढेको छ । यस नपामा नगर सभापतिका लागि वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्काले उम्मेदवारी दिने बताएका छन् ।

सूर्यविनायक नगर समितिको नेतृत्वका लागि दुई वटा समूहले प्यानलै उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । जिल्ला सभापति दुर्लभ थापाको पक्षबाट जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान् उपसभापति रवि राणाले प्यानल नै घोषणा गरी प्रचारमा लागेका छन् ।

ढुङ्गेल नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढङ्गाना र सुरेश केसी तथा क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ ।

राणा नेतृत्वमा भने उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामे प्रतिष्पर्धामा उत्रिएका छन् ।

यता चाँगुनारायण नगर सभापतिमा वर्तमान् सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला उपमन्त्री शिवहरि केसी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं पूर्वकेन्द्रीय सदस्य मनोजकुमार थापाले उम्मेदवारी दिने बताएका छन् । नगर सभापतिमा यादवप्रसाद अधिकारी, उद्धव खड्का र उमेश खड्काले पनि उम्मेदवारी दिने बताएका छन् ।
रासस

वि.सं.२०७८ असोज ५ मंगलवार १७:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...