back
CTIZAN AD

भक्तपुरमा कांग्रेस अधिवेशनको चहलपहल सुरु

वि.सं.२०७८ असोज ५ मंगलवार

678 

shares

५ भदौ, भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ ।

आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ ।

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि प्रकाशमान सिंहको टिमबाटसमेत उम्मेदवारी दिने गरी नगरसभापतिको आकांक्षी बढेपछि नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको बताइएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ९ गते चारवटै नगरपालिकामा सुरु हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए । यद्यपि आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा १० गते प्रजातान्त्रिक पद्दतिअनुरुप निर्वाचनबाट नेतृत्व चयन गर्ने बताए ।

नेपाली कांग्रेसले जिल्लाका ३८ वटा वडाको अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनमा नेतृत्व हत्याउन नेताको दौडधूप तथा उम्मेदवारी घोषणाको क्रम सुरु भएको हो ।

नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने भएकाले समूह तथा उपसमूहमा रहेका नेता नगरको नेतृत्व आफ्नो पक्षमा पार्न छलफलमा लागेका छन् ।

जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागतका नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका कांग्रेस नेताको भनाइ छ ।

भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला, पूर्व सभापति रवीन्द्र प्रधान, अनिल भुजु, प्रवीण लाखे, राजेन्द्र तमखु र शिव अवालले नगर सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यता मध्यपुरथिमि नगरपालिकामा पनि सभापतिको उम्मेदवारीका लागि दौडधूप बढेको छ । यस नपामा नगर सभापतिका लागि वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्काले उम्मेदवारी दिने बताएका छन् ।

सूर्यविनायक नगर समितिको नेतृत्वका लागि दुई वटा समूहले प्यानलै उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । जिल्ला सभापति दुर्लभ थापाको पक्षबाट जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान् उपसभापति रवि राणाले प्यानल नै घोषणा गरी प्रचारमा लागेका छन् ।

ढुङ्गेल नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढङ्गाना र सुरेश केसी तथा क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ ।

राणा नेतृत्वमा भने उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामे प्रतिष्पर्धामा उत्रिएका छन् ।

यता चाँगुनारायण नगर सभापतिमा वर्तमान् सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला उपमन्त्री शिवहरि केसी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं पूर्वकेन्द्रीय सदस्य मनोजकुमार थापाले उम्मेदवारी दिने बताएका छन् । नगर सभापतिमा यादवप्रसाद अधिकारी, उद्धव खड्का र उमेश खड्काले पनि उम्मेदवारी दिने बताएका छन् ।
रासस

वि.सं.२०७८ असोज ५ मंगलवार १७:१२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...