Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

आतंक र पीडाका बिचमा पनि मुस्कुराउने ति कलिला फूलहरु



chanda

काठमाडौंबाट हिडेको साढे ३ घण्टामै पुगिन्छ सिन्धुपाल्चोक र काभ्रेको सीमाना नजिकै रहेको भिमटार गाविस ।

सिन्धुपाल्चोक जिल्लाकै गर्मि ठाउँ मानिएको भिमटार गाविसको मौसमका कारण मिनी तराइ भन्दा फरक नपर्ला । त्यहाँ बाटोभरी र घरका पाटाभरी लिची, आप र केराका घारीहरु प्रसस्त देख्न सकिन्छ । कसैलाई तराइ झर्न मनलागे, तराइको मौसम महसुस गर्न मनलागे भिमटार पुगे तराइको हपहपीको झल्को अबस्य मेटिन्छ ।
तराइमा जस्तै एकैछिनमा पसिनाले चुर्लुम्मै भिज्न पनि पाइन्छ । त्यहाँको मौसम र उत्पादन हेर्दा र सरकारको “एक गाउँ एक उत्पादन” भन्ने नारालाई आत्मसात गर्ने हो भने भीमटारमा केरा, आप र लीचिको अत्यन्तै संभावना रहेको देखिन्छ । काठमाडौंबाट तीन घण्टाको दूरीमा रहेको भिमटारमा यी तीन फलहरुको व्यवसायिक खेती गर्नेहो र राज्यले वजारको उचित व्यवस्थापन गर्ने हो भने , यसलाई लीचि, केरा र आँपको विशेष उत्पादन क्षेत्र भनेर घोषणा गर्दा फरक नपर्ला ।

हाम्रो यात्रा थियो भिमटारको परोपकार निमावि सम्मको । युकेमा रहेका समाजसेवि मन भएकानेपालीहरुको संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटी र व्रिटीश गोर्खा वेलफेयर सोसाइटीले बनाइदिएको स्कुलको दुई कोठे भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन हामी त्यहाँ पुगेका थियौं ।

सिपापोखरीसँगै रहेको इन्द्रावती पुल तरेपछि भने घरी घरी हंसले साथ छोडेजस्तो लाग्थ्यो । गाडी घरी कता कोल्टे पथ्र्यो त घरी कता । हामी मान्छेहरु कति मुर्ख । जहाँपनि प्रकृतिको दोहन गर्न नछाड्ने । भीर पाखामा वस्ति बसाएका छौं । मिल्दै नमिल्ने पहिरे भीरमा बाटो खनेर जर्वरजस्ती गाडी कुदाएका छौं । सकिन्छ सकिन्न, पुगिन्छ पुगिन्न, केही नसोचेर ज्यानको माया मारेर पनि जोखिम मोलेरै भएपनि त्यस्तो यात्राको थालनी गरेका हुन्छौं । त्यसैले त प्रकृतिले पनि कहिलेकाँही सहन गर्न नसकेर वितण्डा मच्याइदिन्छीन् । वस्ति वगाइ दिन्छीन । निमेषभरमै सयौंको ज्यान लिन उनलाई केही बेर लाग्दैन् । गडगडाउँदै निश्ठुर बनिदिन्छीन प्रकृति । आफूलाई दोहन गर्नेहरुलाई त्यत्तिकै नछाड्ने अठोट बोकेरै प्रकृति अडिग भइरहन्छीन सहि समयको पर्खाइमा । जब असार साउन लाग्छ अनी उनको पालो आउछ अनि सुरु गर्छिन आफूलाई दोहन गर्नेहरुको इहलिला समाप्त गर्न । उनी गडगडाएर ढुंगामाटो बगाउँदै बस्ति नै सखाप पारिदिन्छन् । वास्तवमा उनको यो वितण्डाबाट बच्न हामीले कहिले देखि यिनको दोहन गर्न छाड्ने भनेर प्रतिवद्धता गर्दै प्रकृतिको रुप नविगारेर आफ्नै रुपमा बाँच्न दिने सोचको विकास कहिले गर्ने ?

डरलाग्दो थियो भिमटार पुग्ने बाटो । सायद असारको महिना अनि वर्षाको महिना पनि भएर होला । बाटो ज्यादै असजिलो थियो । बाटोमा रातो माटो र रातोमाटोमा सालका बोटहरु ठिंग उभिरहेका थिए । सालका पातहरु हावाको तालमा फिरफिर हल्लिरहेका थिए । लाग्थ्यो अहिले नै पात टिपेर टपरी गाँसिहालौं । बाटोमा स–साना रुखका पोथ्राहरु अनि खेतमा लहराएको धानका बाला देख्दा सँगै घुम्न गएका साना बहिनीहरु भन्दै थिए, “यस्तो पो गाउँ, स्कुल पढ्ने साथीहरु सबै गाउँ जाने भन्छन्, आफ्नो त गाउँ नै छैन खोइ कुन गाउँ जाने ?” उनीहरु आफ्ना बाबुआमालाई गम्भीर र भावुक बनाइरहेका थिए । बाबुआमा भन्दै थिए, क“ति ग्याप है, गाउँ र सहरको बीचमा ।”

हामी जति माथि पुग्दै थियौं, त्यति त्यति २०७२ बैशाख १२ गते भूकम्पले देखाएको ताण्डवले बनेको भग्नाबेशहरु देखिन्थे । घरहरु भत्किएका थिए । गाउँलेहरु आफ्नै प्रयासमा स–साना घरहरु ठड्याउँदै थिए भने कतै संघसंस्थाहरुले बनाइदिएका स–साना टिनको छानो हालेका एक तले घरहरु देखिन्थ्यो । विरक्त लाग्थ्यो त्यहाँ हेर्दा । ती स–सना झुपुडीभित्र मन अनि आँखा सरसर पुग्न थाले । एकै ठाउँमा सबै व्यवस्था थियो । त्यहि खाने, त्यहि बस्ने, त्यहि सुत्ने कतै कतै त भैसी बाख्रा, गाइहरुसँगै मान्छेको पनि विस्तरा रहेको थियो ।

सहरमा हामी, यो पुगेन र त्यो पुगेन भनेर आत्तिने र मात्तिनेहरु एकपटक धेरै टाढा होइन् राजधानीबाट तीन घण्टाको बाटो हिडेर गाउँले जीवनका पीडाहरु बुझ्न भिमटार पुगेमात्रै हुन्छ नेपालीको वास्तविक जीवनसँग त्यहाँ सामना गर्न पाइन्छ । बुझन् पाइन्छ हामी जस्तै मान्छे एउटै धर्तिको माटोमा जन्मिएका मान्छे, अनि समग्रमा हामी सबै नेपाली भन्ने मुल भावले त्यहाँ कहाँ छोएको छ र लाग्छ त्यो संसार अर्कै छ ।

रातको बेला रुखमा बसेर झ्याइ झ्याइ कराउने किराको जीवन जस्तो । जहाँका मानिसहरुको गुनासो गर्न ठाउँ कहि छैन यो पुगेन र त्यो पुगेन अनि यो भएन र त्यो भएन भन्ने । आफ्नो मनभित्रै सबैकुरा गुम्स्याएर मुसुक्क हास्ने जीवनहरु छन त्यहाँ ।

भत्किएको घर । घरका आँगनभरी ढुंगा, काठका टुक्रा र दाउराका छेस्काहरु छरिएका थिए । लाग्थ्यो ती ढुंगा, काठ र छेस्कामाथिबाट हिड्ने ती बालबालिकाका सुकोमल पाउहरुमा कतिपटक रगतका छिर्काहरु बग्छन् होला ? कतिपटक घाइते बनाउँछन् होला यीनलाई । उपचार गर्ने अस्पताल, मेडिकल यातफेरि स्वास्थ्य चौकी नै नजिक छन् उनका लागि । कहिलेकाँही त टाउँको दुख्दा सिटामोल पनि सम्भव छैन उनीहरुका लागि अहो, कस्तो अत्यार लाग्दो जीवन ।

हामी स्कुलको प्रांगणमा पुग्यौं । भूकम्पले लछार–पछार पारेका ती स–सना बालबालिकाहरुको मनमा कतै डर देखिन्थेन । स्वागत गीत गाउँनेले गाइरहेका थिए, कम्मर मर्काउँदै नाच्नेले नाचेर आफ्नो प्रतिभा देखाएका थिए । निर्दोष ती अनुहारमा भविष्यको चमक देखिन्थ्यो । अनुहारमा सल्बलाएका खुसीहरुले भविस्यका रेखाहरु कोरिरहेका थिए । लाग्थ्यो उनीहरु खुसीका कति धनी, सन्तोषका कति धनी अनि पीडा भित्रैपनि मुस्कुराउन सक्ने उनीहरु कति महान । जो साझ विहान खानेको टुंगो छैन्, लगाउने एकसरो टालोको राम्रो व्यवस्था छैन, जसलाई टाउँको लुकाउने ओतस्वरुप एउटा राम्रो छानो छैन् । उनीहरुकै मुहारमा संसारकै आनन्द झल्किएको थियो । मिठो मुस्कान अनि निर्दोष मुस्कानहरुले हाम्रो स्वागत गरिरहेका थिए ।

माझी र दुनुवार समुदायको बाहुल्यता रहेको वस्ति थियो भिमटारको वडानं १ । हामीलाई स्वागत सहितको खाजाको व्यवस्था पनि गरिएको थियो । खाजमा चिउरा, केराउको अचार, चना र कुखुराको मासु र चिसो कोकाकोलाको व्यवस्था गरिएको थियो । घरमा होस या जहाँपुग्दा पनि भरसक यस्ता पेय पदार्थको प्रयोग नगरौ भन्ने मैले सबैका अगाडि फ्याट्टै भनिदिए “यो कोकाकोला भन्दा त मही नै दिनुभएको भए कति आँत भरिन्थ्यो ।” गाउँको दुध सबै बेच्ने गरेको र गाउँमा मही बनाउनै छोडेको त्यहि स्कुलकी शिक्षिकाले जवाफ फर्काउनु भयो । मैले भने “बरु एकमुठी दुध कम बेच्नुहोस र हप्ताको एकदिन मही पारेर बच्चाहरुलाई खुवाउनुहोस । महीले शरिरमा शितलता र शक्ति दिन्छ यस्तो गर्मी ठाउँमा लु बाट समेत बचाउँछ ।

समयको खेल त्यहाँ पुगेको पनि १ वर्ष वितिसकेछ । अहिले पनि त्यहाँको सम्झनाले सताइरह्यो । अनि कोरे केही शब्दहरु । साच्चै ति कलिला फूलहरु अझै पनि त्यस्तै पीडामा नै मुस्कुराउन बाध्य भएका छन की, नयाँ केही सम्भावनाका गोरेटोहरु कोरियो ! अन्योलमा छ मन । मनको कुनामा एउटा आशा पलाएर आयो अनि यहि सोच्यो, भूकम्पबाट थिलो–थिलो बनेका उनीहरुका मनहरुमा नयाँ आशाका मुना पलाइसकेका छन् अनि सबै पीडाहरु भुलेर जीवनको पथमा अगाडि बढीसकेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको