back
CTIZAN AD

गुल्मी -सम्पर्क समिति (भारत )को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत !

वि.सं.२०७३ फागुन १६ सोमवार

864 

shares

gulmi-burtibang-bharat-3

प्रवासमा कृयाशिल गैरराजनितिक संस्था गुल्मी- भुर्तुड्ग सम्पर्क समिति भारतले प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ भारत शाखाको कार्यालय हलमा सम्पन्न अधिवेशनमा नेपाल वान टेलिभिजनका समाचार प्रमुख प्रमुख तथा नेपाल पत्रकार महासंघ भारत शाखाका केन्द्रीय सदस्य ईन्द्रकमल जैरु अतिथिको रुपमा उपस्थित हुनुन्थ्यो । अतिथिको रुपमा नेपाली देशभक्त आवाजका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ भारतका खेलकूद तथा संस्कृति संयोजक बाबु रोका, बर्तमान अध्यक्ष नबिन जोशी, नेपाल आवाज दैनिक का फोटो पत्रकार तथा योल्मो पाँच पोखरी तामाड· संस्था (रजि·) का मीडिया अध्यक्ष गोपाल भारद्वज, बिधार्थी नेता तथा युथफोर्स भुर्तुड्गका सचिव सज्जन ढकाल, देशभक्त आवाजका प्रतिनिधिहरु हरि रोका मगर, राहुल अधिकारी, मनिसा अधिकारी र सानु मगरको उपस्थिति रहेको थियो । खचाखच भरिएको हलमा बोल्दै प्रमुख अतिथि जैरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै भुर्तुड्गले दिएको न्यानो मायाप्रति आभार ब्यक्त गर्नुभएको थियो । मिडियाकर्मी तथा समिति महासचिव देबेन्द्र केसी ले सञ्चालन गरेको घोषणा सभाको कार्यक्रमको अध्यक्षता समिति अध्यक्ष टिकाबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुले बोल्दै नबनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।

gulmi-burtibang-bharat-1

को को भए निर्वाचित ?

बन्द सत्रमा उपस्थित भुर्तुड्गेली हरुले सर्बसम्मत रुपमा समाजसेवी टिका बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका छन । जसमा उपाध्यक्ष मोहन पौडेल, महासचिव तथा मीडिया सचिव देबेन्द्र केसी, सचिव मुकुन्द पौडेल, सहसचिव राजकुमार पौडेल, कोषाध्यक्ष दिपक पौडेल, सहकोषाध्यक्ष दिपक कार्की, रजिस्ट्रार तथा सडगठन सचिव कृष्णप्रसाद पौडेल, स्वास्थ्य सचिव मोहराज भट्टराई, महिला सं सचिव गौरी सुबेदी, ब्यवस्थापन सचिव डोलराज गौतम, बिदेश सचिव गोपीराम पौडेल, संस्कृति तथा खेल सचिव टिका कणेल र समन्वय समिति सचिवमा किशन पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रमुख सल्लाहकारमा यमबहादुर हमाल र सल्लाहकारहरुमा टिकाराम सुबेदी, रामबहादुर केसी र किशन खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिले आन्तरिक कामलाई पारदर्शी र परिणाममुखी बनाउन सात सदस्यीय उपसमिति पनि बनाएको छ । जस्मा अध्यक्ष टिकाबहादुर कार्की, उपाध्यक्षमा शितल हमाल, सचिवमा देबेन्द्र केसी सदस्यहरुमा क्रमशः सिता सुबेदी , प्रकाश शाह र तर्कबहादुर शाह अनि सल्लाहकारमा राजकुमार सुबेदी पनि निर्बिरोध निर्वाचित हुनुभएको छ ।

gulmi-burtibang-bharat-2

को को भए सम्मानित ?
समितिले दुई बर्षे कार्यकालमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार ईन्द्रकमल जैरु, गोबिन्द पोख्रेल र गोपाल भारद्वजलाई प्रशंसापत्र र मायाको चिनो दिएर सम्मान गरेको छ । समितिले नेपाली देशभक्त आवाजलाई पनि बिभिन्न कार्यक्रम हरुमा उल्लेखनीय सहभागिता जनाएको भन्दै प्रशंसापत्र र मायाको चिनो प्रदान गरेर सम्मानित गरेको छ भने नेपाली सांस्कृतिक परिवार फाउंडेशन भारत र पशुपति सम्पर्क मन्चलाई पनि प्रशंसापत्र दिएर सम्मान गरेको छ । प्रशंसापत्र पाउनेमा देशभक्त आवाज बाट बाबु रोका, नविन जोशी, मनिसा अधिकारी, राहुल अधिकारी, हरि रोका, सानु मगर र बाह्य बुद्धिजीवीहरुबाट गोकर्ण ज्ञवाली, मधु पौडेल, सज्जन ढकाल र पत्रकार रजिस्मा केसी लगायत समितिका पदाधिकारीहरु हुनुहुन्छ।
बिहान १० बजे बाट शुरु भएको कार्यक्रम लाई तिन भागमा बाँडेर पहिलो चरणमा उद्धाटन सत्र, दोस्रो चरणमा बन्द सत्र र तेस्रो चरणमा घोषणासभा गरि सांझ साढे सात बजे सम्पन्न गरिएको थियो। तिनै चरणको कार्यक्रम लाई नेपाल पत्रकार महासंघ भारत शाखा केन्द्रीय समितिका प्रबक्ता तथा महासचिव देबेन्द्र केसीले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता टिकाबहादुर कार्कीले गर्नुभएको थियो ।

फोटो :गोपाल भारद्वज

वि.सं.२०७३ फागुन १६ सोमवार ११:२७ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...