back
CTIZAN AD

एकमहिनामै एक खर्ब ३० अर्बको व्यापार घाटा

वि.सं.२०७८ असोज ७ बिहीवार

672 

shares

काठमाडौ । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।

चालू आवको पहिलो महिनामा कूल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

सो अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेक नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । कैलाली भन्सार कार्यालयबाहेक नाकाबाट भएको आयात वृद्धि भएको छ । गत साउनमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।

वि.सं.२०७८ असोज ७ बिहीवार २१:१८ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...