back
CTIZAN AD

पुराना घण्टीसहित दुई मजदुर पक्राउ

वि.सं.२०७८ असोज ९ शनिवार

681 

shares

महेन्द्रनगर । मन्दिरका पुराना घण्टीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५का पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने  बताए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।

रासस

वि.सं.२०७८ असोज ९ शनिवार १५:४२ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...