१० असोज, काठमाडौं । भारतमा आफ्नै सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङका एक युवालाई फाँसीको सजाय सुनाइएको छ ।
बझाङ घर भई भारतको उत्तराखण्ड राज्यस्थित पिथौरगढ जिल्लाको जाजरदेवलमा ४ बर्षियाँ बालिकामाथि बलात्कार गरेको आरोपमा ३१ वर्षीय युवालाई भारतको अदालतले मृत्युदण्ड दिएको समाचार ऐजेन्सीलाई उदृत गर्दै आइतवारको राजधानी दैनिकमा समाचार छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ३ अप्रिल २०२१ मा पक्राउ परेका ती युवक गाउँमा बुवाआमाको मृत्यु भएपछि ती युवक सौतनी बहिनीसँगै बस्दै आएका थिए ।
पिथौरगढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायाधिश डा. ज्ञानेन्द्र कुमार शर्माको एकल इजलासले शुक्रबार आरोपिलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको हो पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।
वि.सं.२०७८ असोज १० आइतवार ०७:५३ मा प्रकाशित





























