काठमाडौं । रोजगारीका लागि इजरायल जानका लागि लिखित तथा अन्तवार्तामा उत्र्तीण भएका १६ सय जनाको नाम सिफारिस भएको छ ।
बैदेशिक रोजगार विभागका अनुसार छनौटमा परेका मध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका छन् ।
असोज ४ देखि ९ गतेसम्मको अन्तवार्तामा सहभागी भएका १८०३ जनामध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणिकरण हुन नसकेकाहरुको संख्या घटाउँदा १६ सय जनाको नाम सिफारिस भएको विभागद्धारा आइतवार जारी सूचनामा जनाइएको छ ।
यस्तो छ सूचना
वि.सं.२०७८ असोज १० आइतवार १०:१८ मा प्रकाशित





























