काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १३ हजार ७३६ नमुना परीक्षणमा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल हालसम्म पिसीआर र ऐन्टिजेन दुवै विधिबाट गरिएको ४७ लाख २७ हजार ४२० नमुना परीक्षणमा आज थपिए का ८३४ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ८१ हजार ९३९ जना संक्रमित भएका छन् ।
त्यस्तै आज १२७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त भएका १२७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । आज थपिएका ९ जनासँगै मृतकको संख्या ११ हजार ९६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ३६८ जना आइसीयुमा र १२० जना भेन्टिलेटरमा उपचाररत छन् ।
तयसैगरी नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिनेको संख्या ६६ लाख ९ हजार २३३ जना र ६० लाख ३६ हजार ४०१ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै पछिल्लो २४ घण्टामा १ लाख २३ हजार ३०१ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७८ असोज १० आइतवार १६:५५ मा प्रकाशित





























