back
CTIZAN AD

माओवादी नेता पुनलाई उपचारको लागि थाइल्याण्ड लगिने

वि.सं.२०७८ असोज १२ मंगलवार

756 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारको लागि थाइल्याण्ड लगिने भएको छ । सेमुरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी गरिएको उनको सचिव सन्तोष पुनले जानकारी दिए ।

लामो समयदेखि जण्डिस रोगबाट पीडित पुनलाई पछिल्लो साता थप असहजता भएसँगै अस्पताल भर्ना गरिएको थियो । तर, यसअघि जस्तै अवस्था जटिल बन्न थालेसँगै उपचारका लागि पुनः थाइल्याण्ड नै लैजाने तयारी गरिएको हो ।

सुमेरुमा उपचाररत पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले भेटेर थप उपचारका लागि थाइल्याण्ड लैजान सुझाएका थिए । बताइअनुसार आज दिनभरको रिर्पोट अपडेट हेरेपछि भोली थाइल्याण्ड लगिनेछ ।

दुई वर्ष अघि पनि पुनलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थाईल्याण्डको बुरमुङगार्ड अस्पताल लगिएको थियो । उनलाई झण्डै एक महिना उपचार गरेर नेपाल ल्याइएको थियो ।

वि.सं.२०७८ असोज १२ मंगलवार १३:०२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...