back
CTIZAN AD

सडक बन्द हुँदा सास्ती खेप्दै जिल्लावासी

वि.सं.२०७८ असोज १२ मंगलवार

651 

shares

पर्वत । सडक बन्द हुँदा जिल्लावासीले सास्ती खेप्न बाध्य भएका छन् ।

वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधान चल्न रोक लगाइएको छ । घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधानलाई समस्या भएको छ ।

वैकल्पिक सडकका रूपमा रहेको मुडिकुवा मोदीबेनी कुश्मा सडक पहिराले अवरुद्ध छ । अन्य कुनै वैकल्पिक सडक नहुँदा फलेवास हुँदै कुश्मा, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा जाने आउने सवारी साधान चल्न सकेका छैनन् । त्यस्तै दूध तथा तरकारी ढुवानीमा समेत समस्या भएको कृषकको गुनासो छ ।

कुश्मासम्म आउने जीपले यात्रुलाई सिर्सुवाको पुलमा ल्याएर छाड्ने र गाउँतर्फ जाने यात्रु त्यहीँबाट जीप चढाएर गाउँसम्म जाने गरेका छन् । मुडिकुवाबाट पुलसम्म आउने सडक साँघुरो हुँदा जीप, भ्यानबाहेक ठूला सवारी साधन गुड्न सक्दैनन् ।

वैकल्पिक सडक नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको कुर्घाका सुनिल शर्माले गुनासो गरे । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले वैकल्पिक सडकका रूपमा साइकलचोक–तातोपानी–रुग्दी–चुरी–चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको बताए ।

उक्त सडक निकै घुमाउँरो भएकाले प्रभावकारी नदेखिएको सवारी चालकले बताएका छन् । घोइनाउलाको सडकको ढलान गर्न असोज १६ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो ।

वि.सं.२०७८ असोज १२ मंगलवार १३:२९ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...