back
CTIZAN AD

एनआरएनए जापानको समस्या झन जटिल बन्दै, ३८ जनाले पठाए अध्यक्ष कुमार पन्तसहितलाई यस्तो पत्र

वि.सं.२०७८ असोज १२ मंगलवार

831 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको समस्या थप जटिल बन्दै गएको छ ।

जुृलाई ३० मा अनलाइनमार्फत् सम्पन्न एनआरएनए जापानको निर्वाचनमा एकपक्षले आफुखुसी नेपाल लगायतका विभिन्न देशबाट फर्जि भोटिङ गराएपछि अध्यक्षका उम्मेदवार नरेन्द बस्नेत ‘दिनेस’ अनिता गुरुङ, किरण शर्मा र सरोज खत्रीसहित सहित ३८ जनाले यसको विरोध गर्दै निष्पक्ष छानविनको माग समेत गरेका थिए ।

उक्त विवाद समाधानका लागि छानविन टोली गठन गरिए पनि विवाद समाधान नभएको र संस्था झन जटिलतातर्फ बढ्दै गएको भन्दै अध्यक्षका उम्मेदवार नरेन्द्र बस्नेत ‘दिनेस’ तथा एनआरएन जापानका विभिन्न कार्यकालका पूर्वपदाधिकारीहरुले उक्त समस्या समाधानका लागि केन्द्रीय अध्यक्ष कुमारपन्त लगायतको ध्यानाकर्षण समेत गराएका छन् ।

सोमबार अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, संरक्षक तथा संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक तथा पूर्वअध्यक्षहरु देवमान हिराचन, जिबा लामिछाने, भवन भट्ट, संस्थापक तथा संरक्षक रामप्रताप थापा लगायतलाई एनआरएनए जापानको समस्याहरुका बारेमा ध्यानाकर्षषण गराउदै संयुक्त पत्र पठाएका छन् ।

पत्र विभिन्न आरोह अवरोहपछि जुलाई ३० मा निर्वाचन सम्पन्न भएपनि त्यो एनआरएनएको इतिहासमै कालोदिनको रुपमा दर्ज हुने सम्भावना बढ्दै गएको तथा संस्था झन–झन समस्यामा फस्दै गएको बताइएको छ ।

‘सामान्यतया निर्वाचनमा हारजित भएपछि पराजित पक्षले धाँधली भयो भनेर असन्तुष्टि जनाउने प्रचलन जस्तै भएको नै पाइन्छ । तर, यो पटक भएको एनआरएनए जापानको अनलाईन भोटिङ प्रक्रिया मतदाताहरुको अधिकार हनन गरि प्रविधिको चरम दुरुपयोग गरेर भएको कुरा संसारभरीका नेपालीलाई जानकारी भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, …vendor, ICC IT admin, japan NCC Admin  तथा अन्य केही व्यक्तिहरुले यो जालझेलको काम गरेको हो भनेर संसारव्यापी विरोध र भत्र्सना गरिरहेको अवस्था छ ।’

संस्थाको लेटरप्याड दुरुपयोग भएकोमा आपत्ति
त्यसैगरी २५ सेप्टेम्बरका दिन ‘एनआरएनए जापानको खाताबाट करिब २ करोड ५० लाख गायब, खातामा बचत ४७० येन’ भनि भ्रामक समाचार निकालेर संसारभरी रहेका एनआरएनएहरुको छवि धुमुल्याउने गरी समाचार प्रकाशित भएकोमा पनि उनीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।

‘एनआरएनएप्रति आस्था र विश्वास राख्ने नेपालीहरुप्रति संस्थाको छवि धुमिल्याउने हुर्मत गरेकोमा निराधार समाचार दिने सामाजिक संजाल कलंक र नेपालन्यूज पोष्टका पत्रकारको हर्कतप्रति निर्बतमान कोषाध्यक्ष कालिका थापा, सहकोषाध्यक्ष सचिन श्रेष्ठ र संस्था सुदृढिकरणका लागि निरन्तर लागि परेका सम्पूर्ण उम्मेदवारहरुको ध्यानाकर्षण भएको जानकारी गराउदछौं ।’ पत्रमा भनिएको छ ।

एनआरएनए जापानको खातामा रहेको पैसा कुनैपनि कार्यसमितिको निजी सम्पत्ती नभएकाले उक्त सम्पत्ति २०१९–२०२१ का कार्यसमिति सचेत रहेको बताउँदै उक्त रकम अघिल्लो कार्यसमितिकी कोषाध्यक्ष कालिका थापा र कार्यसमितिसँग सुरक्षित रुपमा रहेको समेत उनीहरुले बताएका छन् ।

‘जापानको निर्वाचनमा धाँधली भएको पुष्टि भएको यतिका दिन वितेर दोषिलाई कारबाही गरेर मात्र संस्थालाई निकास दिन सकिन्छ भनि हामी निरन्तर लागिरहदा अध्यक्ष कुमार पन्त लगायतको टोलीले यो अपराध लुकाई अगाडि बढ्न खोजेको कारण बाध्यात्मक परिस्थितिले गर्दा एनआरएनएको इतिहासमा यो घटना पहिलोपटक परराष्ट्र मन्त्रालय पुगेको हो । यसै परिस्थितिलाई मध्येनजर गर्दै दोषिहरु माथि कडा कारबाही गरि पुनः निर्वाचन नभएसम्म संस्थाको सम्पूर्ण खाता २०१९–२०२१ को कोषाध्यक्ष कालिका थापा र कार्यसमितमा सुरक्षित रहेको छ,’ पत्रमा भनिएको छ, ‘यस विषयमा जापानको आइसीसीबाट प्रतिनिधित्व गर्ने केही द्धैध भूमिका खेलिरहने व्यक्तिहरुले समेत धम्कीपुर्ण तरिकाले कथित समितिलाई हिसाब किताब बुझाउन अनुरोध गरेको र त्यसलाई वेवास्ता गर्दैै आएकाले विभिन्न तरिकाले कोषाध्यक्ष कालिका थापालाई १९–२१ कार्यसमिति लगायत एनआरएनए अभियन्ताहरुलाई ठेस पुग्ने हर्कत गर्दै आएको हुनाले र मृत व्यक्तिको क्षतिपुर्ति बापत बिमा कम्पनीबाट प्राप्त रकम दुरुपयोग गरि लाखौ घोटाला गरि निलम्बनमा परेका २०१९–२०२१ का अध्यक्षको निर्लज्ज सक्रियताले जापानवासी नेपालीहरुको सम्पत्तीको तयो रकम पनि दुरुपयोग हुने हो कि भन्ने डरले हो त्यसको सुरक्षार्थ एनआरएन जापानको तथीन खातामध्ये एक खातामा रकम सारेको र सुरक्षित रहेको जानकारी गराउँदछौं ।’

विज्ञप्तिमा जापान सरकारको नियम कानुनमा रहेर दर्ता भएको उक्त, संस्थाको खातामा पनि लुकिछिपी छलकपटजस्तो अपराध गरेर निलम्बित कलंकित अध्यक्षको सक्रियतामा अपराधको हिम्मत गरिएको भन्दै त्यो आफैमा बदनियतपुर्ण र खेदजनक रहेको समेत बताइएको छ ।

अध्यक्ष पन्तलगायतका पदाधिकारीले समस्या समाधान पहल नगरेको आरोप
एनआरएनए जापानभित्र रहेको बेथिति र पछिल्ला समस्याका कारण एनआरएनए जापानमा आवद्ध रहेका इमान्दार व्यक्तिहरुलाई एनआरएनए निल्नु न ओकल्नु रहेको बताएका छन् ।

उनीहरुले जापानको निर्वाचनमा भएको धाँधलीप्रति संस्थाक महासचिव हेमराज शर्माले समेत स्वीकारिसकेको अवस्थामा अध्यक्ष कुमार पन्त तथा जापानबाट प्रतिनिधित्व गर्नेहरुले समेत समस्या समाधानमा चासो नदेखाएकोमा संसारभरीका नेपालीहरु अभियानप्रति निरास बन्दै गएको समेत उनीहरुले बताएका छन् ।

‘संस्थामा निरन्तर गलत प्रवृत्ति र कुसंस्कार भित्राएर नेपाली बिचको भाइचारालाई खलबलई आफ्नो स्वार्थ पुर्ति गर्न उद्दत तत्वहरुका कारण संस्थामा रहेका वा अहिले बजारमा भनिएको कथित समितिभित्र बाध्यताबस रहेका केही इमान्दार व्यक्तिहरुलाई पनि निल्नु र ओकल्नुको परिस्थितिको अवस्था छ । आफ्ना पंजिकृत सदस्यहरुको विवरण विना अनुमति चोर्नेहरु र निष्पक्ष निर्वाचन हुन नसेकेको कुरा छानविन टोलीले पुष्टि गरिसकेको अवस्थामा आइसीसी अध्यक्ष कुमार पन्तको टोलीले कारबाही गर्नेतर्फ कुनै चासो नदेखाउनुको साथै जापानबाट प्रतिनिधित्व गरेका जिम्मेवार पदाधिकारीहरुको पनि गैरजिम्मेवार भूमिका देखिएकोले संसारभरीका नेपालीहरु यो अभियानप्रति निराश हुँदै गएको हामीले महसुस गरेका छौं’, पत्रमा भनिएको छ, ‘साथै प्रमाण पुष्टि भइसकेको जापानको निर्वाचन र एक अनलाइन वार्तामा संस्थाका महासचिव हेमराज शर्माले पनि जापानको चुनावमा गलत भएको स्वीकारिसकेको अवस्था हुँदाहुँदै पनि जापानको पुनः निर्वाचन गराउँदा एनआरएनएको आउदो अक्टोबरमा तय गरिएको निर्वाचनलाई असर पर्छ भन्ने कुण्ठित सोचले यो गम्भीर अपराधलाई कुल्चिएर अगाडि बढ्ने दुस्साहस गरिरहेको कुराप्रति पनि हाम्रो गम्भीर आपत्ति छ ।’

छानविन समितिको रिर्पोटले समेत प्रमाणत पुष्टि गरिसकेको अवस्था र हालको कार्यसमितिको जिम्मेवार व्यक्तिहरुलाई विभिन्न माध्यमबाट सामुहिक छलफलमा बोलाउँदा समेत छलफलमा सहभागी नहुने तर तुच्छ अभिव्यक्ति र घृणित कार्यहरु गर्दै संस्थाको बदनामी गर्दै गएको समेत उनीहरुको आरोप छ ।

सामाजिक न्याय हुने गरी निर्णय गरि निकास दिन अपिल
एनआरएनए जापानमा निर्वाचनमा भएको धाँधली लगायतका समस्यालाई तत्काल समाधान गरी तत्काल निकास दिन उनीहरुले अनुरोध गरेका छन् । समस्या झन जटिलतातर्फ गएकाले यसलाई तथ्यगत आधारमा विश्लेषण गरेर सामाजिक न्याय हुने गरि निर्णयका लागि निर्देशन दिन समेत उक्त विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ ।

‘एनआरएनए केन्द्रीय समितिलाई अझै पनि अपिल गर्दछौं कि, जापानको जुलाई ३० को सेटिङको निर्वाचन रद्द गर्नुस र संसारको एनआरएनएलाई स्वतस्पुर्तरुपमा का मगर्ने निर्देश गर्नुस् । आफनो संस्थाको अभिभावकत्व ग्रहण गर्न जिम्मेवारी लिने काम र निकास दिने काम पहिलो उत्तरदायित्व तपाईहरुको हो,’ पत्रमा भनिएको छ, ‘ संस्थाको पदाधिकारीको हैसियतले स्वस्थ निर्णय गर्ने हो, संस्थाको समस्यालाई निकास दिने हो अमिात्र तपाईहरुको पद र गरिमका रहन्छ ।’

यी हुन् संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने ३८ पूर्व पदाधिकारी
उक्त संयुक्त पत्रमा एनआरएनए जापानमा ३८ जना पूर्व पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा २०१९–०२१ कार्यसमितिका का.वा अध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा, सचिव टिकाराम खरेल, सचिव विष्णु प्रसाद घिमीरे, सहकोषाध्यक्ष सचिन श्रेष्ठ, क्षेत्रिय सचिव विकास बस्नेत,सदस्यहरु जिवन कुमार गुरुङ, सुरेश गिरी, राजेश खनाल, नृप बुढा, शिवु थापा, राम खड्का तथा २०२१–०२३ का अध्यक्षका उम्मेदवारहरु अनिता गुरुङ, नरेन्द्र बस्नेत दिनेश, किरण शर्मा र सरोज खत्री, बरिष्ठ उपाध्यक्षका उम्मेदवार छत्र दााल, उपाध्यक्षका उम्मेदवारहरु विष्णु प्रसाद घिमीरे, जिवन कुमार गुरुङ, बालकृष्ण कँडेल ‘हिमाल’, विकानस बस्नेत, टिकाराम कँडेल, बुद्धीराज सुवेदी, महिला उपाध्यक्षकी उम्मेदवार कालिका थापा, महासचिवका उम्मेदवार टिकाराम खरेल, कोषाध्यक्षका उम्मेदवार सचिन श्रेष्ठ, उुवासंयोजकका उम्मेदवार राजेश खनाल र सदस्यका उम्मेदवारहरु सुरेश सापकोटा ‘सुनिल’, रामप्रसाद शर्मा धनपति (रामु ढकाल), राजु पनेरु, राम बहादुर खत्री ‘अर्जुन केसी’, फडिन्द्र पहाडि, रामु कंडेल, थम बहादुर क्षेत्री, तारा बहादुर कार्की, मन्जु गिरी, आइसी सदस्यद्धय बलराम गिरी र रामहरि पुडासैनी रहेका छन् ।

 

 

 

 

यस्तो छ पत्रको पूर्ण पाठ

 

 

वि.सं.२०७८ असोज १२ मंगलवार १३:५६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...