back
CTIZAN AD

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

वि.सं.२०७३ फागुन १७ मंगलवार

837 

shares

 १७ फागुन, तम्घास (गुल्मी)। गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनुभएको छ ।

खुकुरी प्रहारबाट लक्ष्मीकोे घटनास्थलमा नै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीयवासीले बताएका छन् ।

दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीमध्ये खत्रीका जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरी आठ सन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई आज अपराह्न घटनास्थलबाट पक्राउ गरी हिरासतमा लिएको छ । रासस

वि.सं.२०७३ फागुन १७ मंगलवार १४:४६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...