Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आगोले जलेर कुमालको मृत्यु



१८ फागुन, रत्ननगर, चितवन । चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ ।

गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो ।

सुतिरहेका बेला आगलागी हुँदा आगोले जलेर करिब ५५ वर्षीय वीरबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । आगो लाग्दा घरलगायत लत्ताकपडासमेत गरी करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आधा घन्टाको अन्तरालमै आगो निभाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ