back
CTIZAN AD

गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध

वि.सं.२०७८ असोज २३ शनिवार

612 

shares

रोल्पा । रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ ।

सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका हुन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।

पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उनले भने । सम्बन्धित नियकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोखे । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो । उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुपर्यो भनी फोनगर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे । तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उनको भनाइ थियो ।

“टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुपर्र्यो नि” उनले भने । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताए । यो मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउनेसमेत उनले बताए ।

समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ ।

माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २स्थित राङ्सी र वडा नं ५को राङ्कोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन । गङ्गादेव गाउँपालिकाको वडा नं ७स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेवित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।

रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीय सूर्यप्रकाश बुढामगरको गुनासो थियो । मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए । विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा व्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ ।

विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।

रासस

वि.सं.२०७८ असोज २३ शनिवार १४:१३ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...