back
CTIZAN AD

केरा खेती कृषक निराश

वि.सं.२०७३ फागुन १८ बुधवार

807 

shares

banana-tree

 १८ फागुन, इनरुवा । सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश हुनुभएको छ ।

केराखेतीमा उत्पादन लागत बढेको, मूल्य तथा बजार निरन्तररुपमा ओरालो लागेका कारण २० बिघा क्षेत्रफलबाट उहाँ पाँच बिगाहा केराखेती घटाउन बाध्य हुनुभयो । उहाँले सुरुमा प्रति बिगाहा रु एक लाख लगानी गर्दा रु तीन लाखसम्मको आम्दानी भएकोमा अहिले आएर केराखेतीमा प्रति बिगाहा रु दुई लाखसम्म लगानी गर्दा पनि रु एक लाखसम्म पनि आम्दानी हुन नसकेका कारण केराखेती घटाएको बताउनुहुन्छ ।

मेहता जस्तै सदरमुकाम इनरुवा– ६ का विनोद महेता अहिले भाडामा जग्गा लिएर २० बिगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको छ । तर अहिलेकै अवस्थामा भारतीय बजारबाट केरा नेपाल भित्रियो भने आफू केराखेती गर्न छोडेर अर्को पेसा अङगाल्ने उहाँको भनाइ छ । भारतीय केरा नेपाली केराभन्दा सस्तो हुने गरेको र उनीहरुले बेच्ने गरेको मूल्यमा आफूहरु केरा बेच्दा लागत समेत नआउने भएका कारण आफू अन्य पेसाको खोजीमा रहेको बताउनुहुन्छ ।

बबियाका केरा कृषक बलराम मेहताले समेत २०७० सालमा १० बिगाहा क्षेत्रफलमा केराखेती गर्नुभएको थियो । तर अहिले उहाँले पाँच बिगाहा क्षेत्रफलमा केराखेतीलाई सीमित गर्नुभएको छ । किसानले समयमा मल नपाउनु, मजदुर अभाव हुनु, सिँचाइ असुविधा तथा उत्पादन गरेको केराले बजार र लागत मूल्य नपाउँदा उहाँले केराखेती घटाउँदै लैजानुभएको छ ।

जिल्लामा ६५० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । किसानले बर्सेनि केराखेती घटाउँदै लगेका छन् । विगत वर्षमा एक सय केरा रु चारसयमा बिक्री हुँदैआएकामा अहिले रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।

भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका किसान मारमा परेका छन् । भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा केराखेती घटाउन नेपाली किसान बाध्य भएका हुन् । रासस

वि.सं.२०७३ फागुन १८ बुधवार १४:०८ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...