Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

केरा खेती कृषक निराश



banana-tree

 १८ फागुन, इनरुवा । सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश हुनुभएको छ ।

केराखेतीमा उत्पादन लागत बढेको, मूल्य तथा बजार निरन्तररुपमा ओरालो लागेका कारण २० बिघा क्षेत्रफलबाट उहाँ पाँच बिगाहा केराखेती घटाउन बाध्य हुनुभयो । उहाँले सुरुमा प्रति बिगाहा रु एक लाख लगानी गर्दा रु तीन लाखसम्मको आम्दानी भएकोमा अहिले आएर केराखेतीमा प्रति बिगाहा रु दुई लाखसम्म लगानी गर्दा पनि रु एक लाखसम्म पनि आम्दानी हुन नसकेका कारण केराखेती घटाएको बताउनुहुन्छ ।

मेहता जस्तै सदरमुकाम इनरुवा– ६ का विनोद महेता अहिले भाडामा जग्गा लिएर २० बिगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको छ । तर अहिलेकै अवस्थामा भारतीय बजारबाट केरा नेपाल भित्रियो भने आफू केराखेती गर्न छोडेर अर्को पेसा अङगाल्ने उहाँको भनाइ छ । भारतीय केरा नेपाली केराभन्दा सस्तो हुने गरेको र उनीहरुले बेच्ने गरेको मूल्यमा आफूहरु केरा बेच्दा लागत समेत नआउने भएका कारण आफू अन्य पेसाको खोजीमा रहेको बताउनुहुन्छ ।

बबियाका केरा कृषक बलराम मेहताले समेत २०७० सालमा १० बिगाहा क्षेत्रफलमा केराखेती गर्नुभएको थियो । तर अहिले उहाँले पाँच बिगाहा क्षेत्रफलमा केराखेतीलाई सीमित गर्नुभएको छ । किसानले समयमा मल नपाउनु, मजदुर अभाव हुनु, सिँचाइ असुविधा तथा उत्पादन गरेको केराले बजार र लागत मूल्य नपाउँदा उहाँले केराखेती घटाउँदै लैजानुभएको छ ।

जिल्लामा ६५० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । किसानले बर्सेनि केराखेती घटाउँदै लगेका छन् । विगत वर्षमा एक सय केरा रु चारसयमा बिक्री हुँदैआएकामा अहिले रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।

भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका किसान मारमा परेका छन् । भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा केराखेती घटाउन नेपाली किसान बाध्य भएका हुन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा