back

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

126 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लामा गरेर ८७ जना संक्रमित थपिएका हुन् । ती मध्ये सबैभन्दा बढी लमजुङमा १४, कास्कीमा ३७ र स्याङजामा १२ जना रहेका छन् । साथै मुस्ताङ र मनाङमा संक्रमितको संख्या शून्य रहेको छ ।

पछिल्ला थप ८७ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ८७ हजार ९४ पुगेको छ भने ती मध्ये ८५ हजार २७५ जना निको भइसकेको तथ्यांङ निर्देशनालयले जारी गरेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा तनहुँमा २ र कास्कीमा १ गरी तीनजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक तीनजनाको मृत्यु भएसँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३९३ पुगेको छ ।

त्यस्तै प्रदेशमा हाल ४२६ जना सक्रिय संक्रमित रहेकोमा होम आइसोलेशनमा ३०७ जना रहेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।

No photo description available.

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:४१ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...