back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

645 

shares

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लामा गरेर ८७ जना संक्रमित थपिएका हुन् । ती मध्ये सबैभन्दा बढी लमजुङमा १४, कास्कीमा ३७ र स्याङजामा १२ जना रहेका छन् । साथै मुस्ताङ र मनाङमा संक्रमितको संख्या शून्य रहेको छ ।

पछिल्ला थप ८७ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ८७ हजार ९४ पुगेको छ भने ती मध्ये ८५ हजार २७५ जना निको भइसकेको तथ्यांङ निर्देशनालयले जारी गरेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा तनहुँमा २ र कास्कीमा १ गरी तीनजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक तीनजनाको मृत्यु भएसँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३९३ पुगेको छ ।

त्यस्तै प्रदेशमा हाल ४२६ जना सक्रिय संक्रमित रहेकोमा होम आइसोलेशनमा ३०७ जना रहेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।

No photo description available.

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:४१ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...