back
CTIZAN AD

नेपाल बङ्गलादेश बैंकको साधारणसभा मंसिर २ गते, बुक क्लोज कहिले ?

वि.सं.२०७८ कात्तिक १० बुधवार

642 

shares

१० कार्तिक, काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २ गते साधारण सभा डाकेको छ ।

सभाले बैंक सञ्चालक समितिको बैठकको प्रस्ताव बमोजिम सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद (करसमेत) गरी कूल १५.५० प्रतिशत लाभांश पारित गर्दै छ । यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०७८ कात्तिक १० बुधवार १४:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...