back
CTIZAN AD

नेप्सेमा ७९ अकंको पहिरो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

576 

shares

२३ कार्तिक, काठमाडौँ । साताको तेस्रो दिन सेयर बजार नेप्सेमा ७९ अकंले पहिरो गएको छ । आज सेयर बजार (नेप्से) ७९ दशमलब ७९ अकंले घटेर २७४९ दशमलब ८५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १६ दशमलब ०२ अकंले घटेर ५१२ दशमलब ८२ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैंया बराबरको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ६ सय ६६ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नविल बैंक, साहस उर्जा, अपी पावर, नेशनल हाईड्रोपावर, प्राइम कमर्सियल बैंक, अरुण भ्याली हाइड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, प्राइम कमर्सियल बैंक, अपी पावर, अरुण भ्याली हाइड्रोपावर, साहस उर्जा लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त, साहस उर्जा, युनिलिभर कम्पनी, प्राइम कमर्सियल बैंक लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

नेप्सेमा ७९ अकंले पहिरो जादाँ दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज महालक्ष्मी विकास बैंक र आईसिएफसी फइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:३९ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...