back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक २४ बुधवार

660 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको ६ हजार ८१४ नमुना परीक्षणमा ४४० जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ४४० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ ।
त्यस्तै आज निको भएका ४७४ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६० पुगेको छ ।

हाल देशैभरी ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार ५ जना होम आइसोलेशनमा रहेका छन् भने ५१४ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल १८९ जना आइसीयु र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म १ करोड ६२ लाख ३३ हजार १५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये ८७ लाख ५० हजार ९६० जनाले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी १६ हजार ५२९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशैभरी थपिए कोरोनाका ५३३ नयाँ संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक २४ बुधवार १६:०१ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...