back
CTIZAN AD

आज देशैभरी थपिए कोरोनाका ५३३ नयाँ संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

663 

shares

काठमाडौं । नेपालमा पछिल्ला केही सातायता कोरोना संक्रमित हुने र त्यसबाट ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको १६ हजार ७३६ नमुना परीक्षणमा ५३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ५३३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख १० हजार २९८ पुगेको छ ।
त्यस्तै आज निको भएका ४८४ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।

त्यसैगरी आज एकजना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । केही महिनायता मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै कम हो । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

हाल देशैभरी ७६१२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार ७७ जना होम आइसोलेशनमा रहेका छन् भने ५३५ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल १९९ जना आइसीयु र ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म १ करोड ६२ लाख १६ हजार ६२६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये ८७ लाख ४७ हजार ७१२ जनाले पहिलो मात्रा र ७४ लाख ६८ हजार ९१४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा देशैभरी ४३ हजार ३८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १६:२९ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...