धनगढी । भीम रावलकाे भनाईप्रति एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विराेध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विराेध गर्नुकाे अर्थ नरहने प्रष्ट पारेका छन् ।
एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले भने, ‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’
एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले उक्त वैठकलाई अवैध भएकाे पनि बताएका थिए ।
उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १६:५६ मा प्रकाशित






























