back
CTIZAN AD

इजराइलले शान्ति वार्ता पुनः शुरु गर्न अस्वीकार गरेकोमा प्यालेस्टाइनका राष्ट्रपतिको असन्तुष्टी

वि.सं.२०७८ कात्तिक २४ बुधवार

675 

shares

एजेन्सी । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले मङ्गलबार रोकिएको मध्य पूर्व शान्ति प्रक्रियालाई पुनः शुरु गर्न अस्वीकार गरेकोमा इजरायली सरकारको आलोचना गरेको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

अब्बासले बेस्ट बैंक शहर रामल्लाह नजिक प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगको नयाँ मुख्यालयको उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका हुन् । इजरायली सरकारले मध्यपूर्वमा शान्ति प्रक्रियालाई पुनः शुरु गर्न अस्वीकार गर्दा यसलाई फाइदा हुने छैन, भन्दै अब्बासले, इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्न अस्वीकार गर्न नसक्ने टिप्पणी गरेका छन् ।

यसैबीच, अब्बासले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरू कार्यान्वयन गर्न आह्वान गरेका छन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा कैयौं चरणको वार्ता भए पनि दुवै पक्षले त्यसमा प्रगति गर्न नसकेपछि इजरायल–प्यालेस्टाइन शान्ति वार्ता प्रक्रिया सन् २०१४ देखि ठप्प छ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार २२:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...