back
CTIZAN AD

दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने

वि.सं.२०७८ मंसिर २ बिहीवार

897 

shares

भक्तपुर । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् ।

कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत भएका छन् ।

निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।

निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०/०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ ।

पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।

मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयवासीको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गरेका समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले जानकारी दिए ।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए ।

आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ ।

मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले जानकारी दिए। छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गत कात्तिक २८ गते उक्त सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्कनुभएको मन्त्री यावदसहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेको नेतृत्वमा स्थानीयले मन्त्री यादवको गाडी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए ।
रासस

वि.सं.२०७८ मंसिर २ बिहीवार ०८:०९ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...