back
CTIZAN AD

एमालेको दशौं महाधिबेशनः हेर्नुहोस् कुन जिल्लाबाट कति प्रतिनिधि चयन भए त ?

वि.सं.२०७८ मंसिर ३ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न हुने दशौ राष्ट्रिय महाधिबेशनका लागि ६७ जिल्लाबाट १ हजार १८२ जना प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ ।

एमालेका अनुसार प्रदेश १ को इलामबाट १३ खुल्ला, ५ महिला र ३ दलित गरी २१ जना, झापाबाट ३४ खुल्ला, १३ महिला र ३ दलीत गरी ३४ जना, मोरङबाट ३९ खुल्ला, १४ महिला र ४ दलीत गरी ५७ जना, धनकुटाबाट १० खुल्ला, ४ महिला र २ दलीत गरी १६ जना, तेहूथुमबाट ६ खुल्ला, ३ महिला र १ दलीत गरी १० जना, भोजपुरबाट ६ खुल्ला, २ महिला र १ दलीत गरी ९ जना, सोलुखुम्बुबाट ६ खुल्ला, २ महिला र १ दलीत गरी ९ जना, धनकुटाबाट १० खुल्ला, ४ महिला र २ दलीत गरी १६ जना, संखुवासभाबाट ८ खुल्ला, ४ महिला र १ दलीत गरी १३ जना, ओखलढुंगाबाट ६ खुल्ला, ४ महिला र १ दलीत गरी ११ जना, खोटाङबाट ९ खुल्ला, ४ महिला, १ दलीत गरी १४, उदयपुरबाट १० खुल्ला, ४ महिला र २ दलीत गरी १६ जना चयन भएका छन् । साथै सुनसरी, पाँचथर र ताप्लेजुङबाट प्रतिनिधिको टुंगो लागिनसकेको एमालेले जनाएको छ ।

प्रदेश नं २ को सर्लाहीबाट ८ खुल्ला ४ महिला र १ दलीत गरी १३ जना, बाराबाट २० खुल्ला, ८ महिला र २ दलीत गरी ३० जना, पर्साबाट १८ खुल्ला, ६ महिला र ५ दलीत गरी २९ जना चयन भएका छन् । साथै प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरीबाट पनि प्रतिनिधि चयन गरिसकिएको छैन ।

त्यसैगरी बागमती प्रदेशको सिन्धुलीबाट २१ खुृल्ला, ९ महिला, १ दलीत गरी ३१ जना, रामेछापबाट १२ खुल्ला, ५ महिला र २ दलीत गरी २३ जना, दोलखाबाट १४ खुल्ला, ७ महिला, २ दलीत गरी २३ जना, सिन्धुपाल्चोकबाछ २० खुल्ला, ९ महिला र २ दलीत गरी ३१ जना, काभ्रेबाट २२ खुल्ला, ९ महिला र ३ दलीत गरी ३४ जना, ललितपुरबाट १५ खुल्ला, २ महिला र १ दलीत गरी, १८ जना, भक्तपुरबाट ११ खुल्ला, ५ महिला र १ दलीत गरी १७ जना, काठमाडौंबाट ३२ खुल्ला, ११ महिला गरी ४३ जना, नुवाकोटबाट १० खुल्ला, ६ महिला र १ दलीत गरी १७ जना, रसुवाबाट ५ खुल्ला, १ महिला र १ दलीत गरी ७ जना, धादिङबाट १४ खुल्ला, ६ महिला र २ दलीत गरी २२ जना, चितवनबाट १७ खुल्ला, ९ महिला र २ दलीत गरी २८ जना चयन भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको स्याङजाबाट १४ खुल्ला, ६ महिला र ४ दलीत गरी २४ जना, लमजुङबाट ६ खुल्ला, ३ महिला र २ दलीत गरी ११ जना, कास्कीबाट २१, खुल्ला ६ महिला र ४ दलीत गरी ३१ जना, मनाङबाट २ खुल्ला र महिला÷दलीत १÷१ गरी ४ जना,तनहुँबाट ९ खुल्ला, ३ महिला र १ दलीत गरी १३ जना, मुस्ताङबाट २ खुल्ला, महिला, दलीत १÷१ गरी ४ जना, म्याग्दीबाट ५ खुल्ला, २ महिला र २ दलीत गरी ९ जना, पर्वतबाट ७ खुल्ला, ३ महिला र ३ दलीत गरी १३ जना, नवलपुरबाट १३ खुल्ला, ६ महिला र १ दलीत गरी २० जना र बागलुङबाट ७ खुल्ला, ५ महिला र २ दलीत गरी १४ जना रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीबाट खुःल्ला ९, महिला ४ र दलीत ३ गरी १६ जना, कपिलवस्तुबाट १२ खुल्ला, ४ महिला र २ दलीत गरी १८ जना, प्युठानबाट ६ खुल्ला, २ महिला र १ दलीत गरी ९ जना, रुपन्देहीबाट २२ खुल्ला, ९ महिला र ३ दलीत गरी ३४ जना, गुल्मीबाट ९ खुल्ला, ४ महिला र ४ दलीत गरी १७ जना, रोल्पाबाट ४ खुल्ला, २ महिला र १ दलीत गरी ७ जना, बाँकेबाट ९ खुल्ला, ४ महिला र २ दलीत गरी १५ जना, दाङबाट १५ खुल्ला, ७ महिला र ३ दलीत गरी २५ जना, बर्दियाबाट ११ खुल्ला, ५ महिला र २ दलीत गरी १८ जना, नवलपरासी सुस्तापश्चिमबाट ९ खुल्ला, ४ महिला र २ दलीत गरी १५ जना, रुकुम पूर्वबाट ४ खुल्ला, १ महिला र १ दलीत गरी ६ जना चयन भएका छन् ।
त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतबाट १० खुल्ला, महिला ७ र दलीत ५ गरी २२ जना, दैलेखबाट १३ खुल्ला, ५ महिला र ५ दलीत गरी २३ जना, सल्यानबाट ५ खुल्ला, २ महिला र १ दलीत गरी ८ जना, डोल्पाबाट ६ खुल्ला, २ महिला र १ दलीत गरी १० जना, जाजरकोटबाट ६ खुल्ला, २ महिला र १ दलीत गरी ९ जना, जुम्लाबाट ४ खुल्ला, २ महिला र १ दलीत गरी ७ जना, मुगुबाट ८ खुल्ला, १ महिला र २ दलीत गरी ११ जना, कालिकोटबाट ८ खुल्ला, २ महिला र ४ दलीत गरी १४ जना, रुकुम पश्चिमबाट ४ खुल्ला, महिला र दलीत १÷१ गरी ७ जना, हुम्लाबाट ७ खुल्ला, ३ महिला र १ जना गरी ११ जना चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछामबाट १० खुल्ला, ३ महिला र १ दलीत गरी १४ जना, डोटीबाट ९ खुल्ला, ३ महिला र ४ पुरुष गरी १६ जना, बझाङबाट ९ खुल्ला, ४ महिला र ३ दलीत गरी १६ जना, कन्चनपुरबाट ११ खुल्ला, ५ महिला, २ दलीत र २ मजदुर गरी २० जना, डडेल्धुराबाट ४ खुल्ला, ३ महिला र २ दलीत गरी ९ जना, दार्चुलाबाट ६ खुल्ला, ४ महिला र २ दलीत गरी १२ जना र बैतडीबाट ८ खुल्ला, ४ महिला र ३ दलीत गरी १५ जना महाधिबेशन प्रतिनिधि चयन भएका छन् । साथै कैलालीबाट महाधिबेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागिनसकेको एमालेले जनाएको छ ।

यी हुन् एमालेको दशौं महाधिबेशनका लागि अर्घाखाँची, कास्की र बागलुङबाट चयन भएका प्रतिनिधि

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १०:१७ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...