काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनका लागि कास्की, अर्घाखाँची र बाग्लुङ जिल्लाबाट प्रतिनिधि चयन गरिएको छ ।
एमालेका नेता तथा कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार कास्कीबाट चुनिएका महाधिबेशन प्रतिनिधिमा खुल्लातर्फ दामोदर बैरागी, कृष्ण थापा,रश्मी आचार्य, आरपी खनाल,तेजनारायण अधिकारी, युबराज पौडेल, भेषराज बराल,राजीब पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, बिष्णुबहादुर केसी, जगन्नाथ बास्तोला,पुष्पज्योति ढुंगाना, बिजय सुबेदी,नवराज ओझा,शंकरनाथ पौडेल, बेदबहादुर गुरुङ, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री, गंगा कुंवर रहेका छन् ।
त्यस्तै महिलाबाट विद्या भट्टराई, प्रभा कोईराला, मन्जु गुरुङ, शोभा बराल पहारी, शुशिला पराजुली, सन्तुदेबी सुबेदी र दलितबाट धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर बिक र मनबुजा बिश्वकर्मा रहेका छन् ।
त्यसैगरी बागलुङबाट खुल्लातर्फ ईन्द्रलाल सापकोटा,सुर्यप्रसाद पाठक,जनकराज पौडेल,हिराबहादुर केसि,मोहनलाल शर्मा, सन्जय शेरचन र तुल्सी अर्याल चयन भएका छन् । साथै महिलाबाट साबित्रा राना,गीता शर्मा,यमुना राना तथा दलितबाटःदेबकुमार नेपाली धनबहादुर परियार चयन भएका छन् ।
त्यस्तै अर्घाखाँचीबाट खुल्लातर्फः चेतनारायण आचार्य, रामजीप्रसाद घिमीरे, कुटमुद्दिन अलि,जनार्दन खनाल,पिताम्बर भुसाल, प्रकाश ज्ञवाली,तोजबहादुर रायमाझी, काशिराम आचार्य, खगिश्वर पन्थी रहेका छन् । साथै महिलातर्फबाट जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी, बिष्णुमायां आचार्य तथा दलितबाट भोजबहादुर गन्धर्व, लिलबहादुर बिक र शिबकला बिक रहेका छन् ।
झण्डै ११ सय महाधिबेशन प्रतिनिधिको टुंगो
यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न हुने एमालेको दशौ राष्ट्रिय महाधिबेशनका लागि ६७ जिल्लाबाट १ हजार १८२ जना प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ ।
यी हुन् एमालेको दशौं महाधिबेशनका लागि अर्घाखाँची, कास्की र बागलुङबाट चयन भएका प्रतिनिधि
वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०९:३७ मा प्रकाशित





























