३ मंसिर, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ ।
कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको जनाएको छ ।
क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १०:१३ मा प्रकाशित





























