पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको विमानस्थलको निर्माणतर्फ भौतिक प्रगति ८७ प्रतिशत भएको निर्माण पक्षले जनाएको छ ।
कोभिड–१९ को महामारीले निर्माण कार्यमा केही ढिलाई भएको भएपनि पछिल्लो समय भने निर्माण कार्य तिव्र गतिमा छ । सरकारले पनि निर्माणलाई तिव्रता दिन निर्माण पक्षलाई आग्रह गरिरहेको छ ।
पछिल्लो साता मात्रै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर निर्माणस्थल निरिक्षणमा पुगेका थिए । बताइएअनुसार केही वन कटानीसहितका कामले पनि निर्माण कार्यलाई थप लम्बाएको हो ।
करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको थियो । विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।
राष्ट्रिय समाचार समितिकी फोटो पत्रकार राधिका कँडेलले निर्माणाधिन विमानस्थलको पछिल्लो अवस्थाबारे केही तस्बिर लिएकी छिन् । यहाँ कँडेलले लिएको तस्बिरलाई जस्ताको तस्तै राखिएको छ ।




वि.सं.२०७८ मंसिर ५ आइतवार १५:१५ मा प्रकाशित






























