५ कार्तिक, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार (नेप्से) ११ दशमलब ६० अकंले घटेर २७५७ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ७४ अकंले घटेर ५१८ दशमलब २५ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार २१९ रुपैंया बराबरको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५४ हजार सय ६ सय ६४ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, हिमाल दोलखा हाईड्रोपावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाईड्रोपावर, नेशनल हाईड्रोपावर, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा नारायणी डेभल्पमेन्ट बैंक, मानुषी लघुवित्त, कर्पोरेट डेभल्पमेन्ट बैंक, हिमाल दोलखा हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
आज सबै भन्दा धेरै गुुमाउनेमा भने तेह्रथुम पावर कम्पनी, आईसिएफसी फाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्यृत लगायतका कम्पनीका लगानीर्ताहरु परेका छ ।
वि.सं.२०७८ मंसिर ५ आइतवार १५:३७ मा प्रकाशित





























