सन्सारन्युज । एमाले महाधिवेशन नजिकिइरहँदा विभिन्न पदमा आकांक्षी उम्मेदवारहरुले आफ्नो चाहना सार्वजनिक गर्न थालेका छन् । महासचिव पदको लागि गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमालेका पुर्व सचिव पृथ्वीसुब्बा गुरुङ बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।पृथ्वीसुब्बा गुरुङ लगाएत महासचिव पदमा विष्णु पौडेल, शंकर पोख्रेल र सुरेन्द्र पाण्डेको पनि चर्चा भएको छ । तर चर्चा भएका सबैमध्ये नै गुरुङ बलियो उम्मेदबार भएको उनि निकटका नेताहरु बताउँछन् ।
विष्णु पौडेल तत्कालिन नेकपाको तर्फबाट महासचिव बनिसकेका व्यक्ति हुन् । तर उनको सुकुम्बासी जग्गा प्रकरण र बालुवाटारको ललिता निवास जग्गा प्रकरणका कारणले पार्टीभित्र राजनैतिक छबि धुमलिएको छ । नमेटिने गलत छाप लागेकाले पार्टीको आगामी नेतृत्वको रुपमा उनलाई विकास गर्न नसकिने धेरै कार्यकर्ताहरुले धारणा राख्ने गरेका छन् ।
शंकर पोख्रेल महासचिवका अर्का उम्मेदवार हुन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका पोख्रेल अध्यक्ष ओलीको किचन क्याबिनेटका सदस्य मानिन्छन् । तर राजनीतिक रुपमा अर्को पक्षलाई आइसोलेसन गर्ने स्वभाव भएका पोख्रेलमा सबै पक्षलाई मिलाएर लैजाने क्षमताको अभाव रहेको बताइन्छ । सँगै ओलीको पुरानो सिमित समुहमा मात्रै उनको बलियो पकड भएको नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार बनेका शुरेन्द्र पाण्डे एमालेमा अस्थिर नेताको रुपमा परिचित छन् । तत्कालिन अवस्थामा नेकपा(एमाले)को विभाजन गरेर माले बनाउने प्रकृयामा भुमिका खेलेका पाण्डेले अन्तिममा बामदेवलाई धोका दिएका थिए । त्यस्तै पछिल्लो पटक नेकपा देखि एमालेको बिभाजनमा पाण्डेले सक्रिय भुमिका खेलेर अन्तिम समयमा माधव नेपाललाई धोका दिएका हुन् । पार्टी विभाजनको निमित्त धेरैपटक असफल भुमिका खेलेका कारण संगठनात्मक पक्षमा पनि पाण्डे कमजोर हुन पुगेका छन् ।
ओलीको व्यक्तिगत निर्णयका आधारमा १० औं महाधिवेशन सम्पन्न हुने अनुमान गरिएको छ । ओलीको खल्तिबाट महासचिब बन्ने कुरामा शंकर पोख्रेल र विष्णु पौडेल पहिलो र दोस्रो प्राथमिकतामा पर्ने देखिएको छ । तर आम कार्यकर्ता पङ्तिमा मुख्यमन्त्रीमा देशकै सफल भुमिका पदर्शन गरेको र गुटको भन्दा पनि पार्टी हितको अभ्यास गर्ने भएकाले पृथ्वीसब्बा गुरुङ बलिया र लोकप्रिय उम्मेदवार भएको एमाले वृत्तमा चर्चा हुन् थालेको छ । खल्तिबाट नछानिएर महासचिव पदमा स्वतन्त्र उम्मेदवारी र प्रतिस्प्रर्धा भएमा गुरुङ महासचिव हुने सम्भावना बढि देखिएको हो ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ०९:२१ मा प्रकाशित






























