६ मंसिर, काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको ३ खेलको टि-२० श्रृखलामा भारतले क्लिन स्विप गरेको छ । अन्तिम टि-२० मा न्यूजिल्याण्डलाई ७३ रनले पराजित गर्दे भारतले श्रृखलामा क्लिन स्विप गरेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेका भारतले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाएका थिए भने इशान किसनले २९, श्रेयर अय्यरले २५, वेंकटेश अय्यरले २०, हर्षल पटेलले १८ र दिपक चाहरले २१ रनको पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि बलिङ्ग तर्फ भने मिचल सेन्टनरले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
१८५ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । न्यूजिल्याण्डको टिम १७.२ ओभरमा १११ रन बनाएर अलआउट हुन पुगेको थियो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिल र टिम साइफटले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । र्मािर्टन गप्टिल ३६ बलमा ५१ रन बनाएर आउट भएका थिए भने टिम साइफट १८ बलमा १७ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा अक्सर पटेलले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ०९:४६ मा प्रकाशित






























