काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार तीन बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
आजका लागि स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने एमालेले जनाएको छ ।
किन स्थगित भयो ?
स्थायी कमिटी बैठकले १०औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बोलाइएको थियो । बैठकले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यसूची थियो ।
एमालेको विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ । तर, सोमबारका लागि तय गरिएको बैठक तयारी पुरा नभएसँगै स्थगित गरिएको हो ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १५:३१ मा प्रकाशित





























