६ मंसिर, काठमाडौँ । आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ३ विकेटको गुमाएर १०४ रन बनाएको थियो । नेपालका लागि सीताराना मगरले सर्वाधिक ४० रन बनाएकी थिइन् भने इन्दू बर्माले ३१, काजल श्रेष्ठले ४ र कप्तान रुबिना क्षेत्रीले २ रनको योगदान दिएकी थिइन् । बलिङमा हङकङकी बेटी चान र क्यानी चानले समान १/१ विकेट लिएका छन ।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । हङकङका लागि ब्याटिङ्गमा मारिको हिल सर्वाधिक ४४ रन बनाएकी थिइन । बलिङमा नेपालका लागि कविता कुँवर, सीता रानामगर र सबनम राईले समान १/१ विकेट हात पारेका थिए ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १५:४१ मा प्रकाशित






























