Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

अष्टलक्ष्मी शाक्य भन्छिन् – हामी प्यानलकाे पक्षमा छैनाै, रावलको उम्मेद्वारी व्यक्तिगत हो



काठमाडौं । अहिले धेरैलाई जिज्ञासा लागेको छ, गुटै गुटको पार्टी बनेको एमालेलाई महाविधेशनले कस्तो अवस्थामा पुर्‍याउला ? के महाधिवेशनसँगै एमाले एक सिंगो पार्टी बन्ला ? तर, त्यस्तो देखिन्न । उम्मेदवारी घोषणा हुँदै गर्दा एमाले आफैंमा विभाजित देखिएको छ भने एमालेभित्रका गुटहरु पनि विभाजित बन्दै गएका छन् । महाविधेशनको प्रक्रियासँगै थप नयाँ गुट बन्ने देखिएको छ ।

नेता भीम रावलको उम्मेदवारीसँगै १० बुँदे सहमति गर्दै एमाले भित्रिएको तेस्रो धार संकटमा पुगेको देखिन्छ । रावलको उम्मेदवारीसँगै तेस्रो धार के हुने अन्यौंल छ । संसार न्यूजले रावलको उम्मेद्वारी तेस्रो धारमा देखिएको विभाजनबारे नेतृ अष्टलक्ष्मी शाक्यसँग संक्षिप्त कुराकानी गरेका छौं । नेतृ शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेभित्र तपाईँहरुलाई तेस्रो धारको रुपमा बुझिन्छ । तपाईँहरुकै समूहमा रहनुभएका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यो उम्मदेवारी समूहभित्रको सहमति हो वा उहाँको एकल हो ?

यो सहमतिमा भन्दा पनि उहाँको व्यक्तिगत इच्छा हो । नेतृत्वमा रहने कुरा, सबैको चाहना भइहाल्छ । उम्मेदवारी दर्ता गर्नै पाइँदैन भनेर भन्न मिल्दैन । योग्यता पुगेको, मापदण्ड पुगेको सबै उठ्न पाउँछ । यो व्यक्तिगत स्वतन्त्रता हो । तथापी मलाई उहाँले हतारो गरेर उम्मेदवारी घोषणा नगरेको भए हुने थियो भन्ने लागेको छ । सबैसँग छलफल र सरसल्लाह गरेको भए उपयुक्त हुन्थ्यो ।

हिजो हामीले प्यानलको अभ्यास गर्‍यौं । जसले एमाले साँच्चिकै एक हुन सकेन । हामी बिग्रियौं । गुट बलियो भयो तर, पार्टी बलियो भएन । मेरो प्रष्ट कुरा, अहिले एमाले गुटमुक्त हुनुपर्छ । एमाले एकढिक्का हुनुपर्छ । मुलुकको नेतृत्व हाँक्ने पार्टी यसरी खण्डित हुनुहुँदैन् । रावलले जसरी उम्मेदवारी घोषणा गर्नुभएको छ, यो सामूहिक वा पार्टीगत भएन ।

भनेपछि रावलको उम्मदेवारी तपाईँहरुको प्यानलगत उम्मेदवारी होइन ?

हिजो हामीले प्यानलको अभ्यास गर्‍यौं । जसले एमाले साँच्चिकै एक हुन सकेन । हामी बिग्रियौं । गुट बलियो भयो तर, पार्टी बलियो भएन । मेरो प्रष्ट कुरा, अहिले एमाले गुटमुक्त हुनुपर्छ । एमाले एकढिक्का हुनुपर्छ । मुलुकको नेतृत्व हाँक्ने पार्टी यसरी खण्डित हुनुहुँदैन् । रावलले जसरी उम्मेदवारी घोषणा गर्नुभएको छ, यो सामूहिक वा पार्टीगत भएन ।

तपाईँहरु १० बुँदे सहमति गर्दै एमालेमा आउनु भएको हो । तपाईँकै भाषाअनुसार रावलको उम्मेदवारी एकल हो । यसलाई हेर्दा तपाईँहरुको समूह विभाजित वा खण्डित भएको हो ?

हाम्रो समूह विभाजित भयो भनेर भन्न मिल्दैन् । हामी सबैलाई एकताबद्ध बनाउन पर्छ भनेर लागेका छौं । यो कुनै व्यक्तिको विषय होइन्, यो सिंगो एमालेको विषय हो । हाम्रो समूह पनि एकताबद्ध हुनुपर्छ र अरुलाई पनि विभाजित बनाउन हुँदैन । उम्मेदवारी दिने सन्दर्भमा कुनै एक समूहमा मात्रै होइन समग्र पार्टीभित्र छलफल हुनुपर्छ । सबैलाई समेट्नुपर्छ । विभाजित भएर पार्टी बन्दैन । पार्टी नबनेको हामीले व्यहोर्दै आएका छौं ।

०५४ मा वामदेवले पार्टी फुटाउनुभयो निकै ठुलो नोक्सान भयो, अहिले माधव जीले पार्टी फुटाउनु भयो । कुन अवस्थामा छौं, सबैलाई थाहा छ । कम्युनिष्टहरु गुट र फुटको पक्षमा लाग्नुहुँदैन् । यो सुहाउँदैन ।

०५४ मा वामदेवले पार्टी फुटाउनुभयो निकै ठुलो नोक्सान भयो, अहिले माधव जीले पार्टी फुटाउनु भयो । कुन अवस्थामा छौं, सबैलाई थाहा छ । कम्युनिष्टहरु गुट र फुटको पक्षमा लाग्नुहुँदैन् । यो सुहाउँदैन ।

गुट बनाउने विषय त गलत होला, तर अभ्यास गुटकै छ । तपाईँहरुलाई छुट्टै गुट भनेर चिनिन्छ । अहिले महाधिवेशन प्रतिनिधि चयनको विषयमा पनि कतिपय जिल्लामा निकै विवाद देखियो । तपाईँहरुको गुटको तर्फबाट प्रतिनिधि नै समावेश हुन सकेनन् । महाधिवेशन जाँदा तपाईँहरुको हैसियत निकै कमजोर भएको देखाउँछ । महाधिवेशन पछि तपाईँहरुको अवस्था के हुने, प्रश्न उठेको छ । के भन्नुहुन्छ ?

पहिलो कुरा, म सीमित भएर बस्न चाहन्न । नेकपा (एमाले) भनेर आइसकेपछि म गुट बलियो होइन, एमाले बलियो बनाउन चाहन्छु । म मेरो समूह भएर सीमित भएर बस्न चाहन्न । जुन इमान्दार छ, जो लगनशील छ, जो पार्टी भनेर लागेको छ, जो जिम्मेवारी लिन योग्य छ, त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिने वा नदिने ? प्रश्न यहाँ हो । म यो विषयमा खुलस्त छु । म यो विषयमा कुनै गुट भनेर हेर्दिन ।

हजुरको भावनाप्रति सबैले सायद सम्मान र कदर नै गर्लान् । तर, एमालेभित्रको अभ्यास त्यस्तो छ र ?]

नभए के गर्ने ? तपाईँको राजनीतिक भविष्य छैन भन्यो भने फुटेको पार्टीमा जानुपर्यो । फुटेको पार्टीमा राजनीतिक भविष्य त झन् सुरक्षित हुँदै हुँदैन् । त्यसले मुलुक हाँक्न पनि सक्दैन् । ०५४ सालमा वामदेव कमरेडले पार्टी फुटाउँदा पनि मैंले विरोध गरेकै हो, अहिले माधव जीले पार्टी फुटाउँदा मैंले ठिक गर्नुभयो भन्ने कुरा हुन सक्दैन् । फुटले कसैको भलो हुँदैन् । नमिलेका कुरा छ भने पार्टीभित्रै संघर्ष गरेर मिलाउने हो । एउटा परिवारमा त कति गाह्रो हुन्छ, मिलेर बस्न । पार्टीभित्र सजिलो हुने कुरा भएन ।

परिवारभित्र पनि त विद्रोह हुन्छ, पार्टीभित्र विद्रोह हुने कुरा स्वभाविक होला । तपाईँहरुको शैलीलाई आत्मसमर्पण भनेर अरुले टिप्पणी गर्छन् । त्यसलाई अस्वभाविक मान्न मिल्छ र ?

यो आत्मसमर्पण हुँदै होइन् । आफुँले दुःख गरेर बनाएको पार्टीमा फर्केर आउनुलाई आत्मसमर्पण भन्न मिल्दैन् ।

एमालेको इतिहासमा महिलाको हिसाबले केही निश्चित पात्र मात्रै अगाडि आएको देखिन्छ । तपाईँ जुन अवस्थामा हुनुहुन्छ, अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर धेरैले प्रश्न गर्छन् । तपाईँको उम्मेदवारी केमा हुन्छ ? तपाईँ उपाध्यक्ष भइसकेको मान्छे तलतिर आउने कुरा हुन्न होला ?

म कम्युनिष्ट आन्दोलनमा लागिरहँदा देश र जनताको हितमा काम गर्नुपर्छ भनेर सोंचेकी थिएँ । कम्युनिष्ट पार्टीले मात्रै सुन्दर, न्यायपूर्णं समाजको सिर्जना गर्न सक्छ भनेर म आन्दोलनमा होमिएकी हुँ । मैंले कुुनै महत्वकांक्षा राखेर आएकी होइन । मैंले निजि विचार कहिल्यै राखेको छैन् । पार्टीले मलाई जसरी जिम्मेवारी दिन्छ त्यसलाई म स्वीकार गर्छु । अबको सन्दर्भमा पनि सबै साथीहरुको राय सुझाब सल्लाहअनुसार नै अगाडि बढ्छु ।

म कम्युनिष्ट आन्दोलनमा लागिरहँदा देश र जनताको हितमा काम गर्नुपर्छ भनेर सोंचेकी थिएँ । कम्युनिष्ट पार्टीले मात्रै सुन्दर, न्यायपूर्णं समाजको सिर्जना गर्न सक्छ भनेर म आन्दोलनमा होमिएकी हुँ । मैंले कुुनै महत्वकांक्षा राखेर आएकी होइन । मैंले निजि विचार कहिल्यै राखेको छैन् । पार्टीले मलाई जसरी जिम्मेवारी दिन्छ त्यसलाई म स्वीकार गर्छु । अबको सन्दर्भमा पनि सबै साथीहरुको राय सुझाब सल्लाहअनुसार नै अगाडि बढ्छु ।

जब नेकपा एमाले एकढिक्का बन्छ तब मेरो भविष्य पनि सुन्दर हुन्छ । म त्यसको लागि काम गर्छु । त्यसको लागि म जस्तोसुकै योगदान गर्न तयार छु । मैंले ठ्याक्कै कुनै पदमा उम्मेदवारी दिने भनेर निर्णय लिइसकेकी छैन् । कमिटीमा जसरी छलफल हुन्छ, त्यसरी नै म उम्मेदवार हुन्छु ।

अर्को कुरा, विधानको विषय पनि छ । ७० वर्षे उमेर हद भनेको कारण म एक कार्यकाल मात्रै काम गर्न पाउँछु । त्यो अवधिसम्म उपयुक्त जिम्मेवारी पाए म लाग्छु ।

अन्तिममा, भीम रावलले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । पार्टी अध्यक्ष ओलीले पनि पुनः एक कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा तपाईँ कसलाई सहयोग वा समर्थन गर्नुहुन्छ ?

कसैलाई सहयोग वा समर्थन गर्ने विषय अहिले छैन् । अहिले त्यो स्तरमा छलफल चलिसकेको छैन् । अहिले जसरी अध्यक्ष हाइलाइट भएर चर्चा भएको छ, यो गलत छ । पार्टी सामूहिकतामा चल्ने हो । सबै पदाधिकारीको भूमिका उत्तिकै महत्वपूर्णं हुन्छ । अध्यक्ष सर्वेसर्वा हुनाले पार्टी बिग्रिएको हो । म एक अध्यक्षको पदलाई हेरेर गरिएको व्याख्या र विश्लेषणप्रति सहमत राख्दिन । यहाँ विषय अध्यक्षको मात्रै बनाइनु हुँदैन । कुनै व्यक्तिले अध्यक्षमा उम्मेदवारी दियो भन्दैमा त्यसैलाई हाइलाइट गरिरहनु पर्छ भन्ने लाग्दैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा