back
CTIZAN AD

चुनावि रणनीतिमा लागे माओवादी बुद्धिजीविहरु 

वि.सं.२०७३ फागुन २३ सोमवार

792 

shares

buddijibi२३ फागुन,काठमाडौं । आगामी बैशाख ३१ ग्ते हुने स्थानीयतहको चुनाव र संगठनको राष्ट्रिय सम्मेलनलाई केन्द्रीत गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका प्रदेश बैठकहरु सम्पन्न गरिएको छ ।

हालै सम्पन्न भएको प्रदेश नं १ र ४ को बैठकमा बुद्धिजीविहरुले उक्त निर्णय गरेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता झलकपाणी तिवारीको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ४ का इन्चार्ज निलकण्ठ तिवारीको उपस्थिति र प्रदेश नं ४ का संयोजक शंभु बहादुर अधिकारीको अध्यक्षतामा प्रदेश नं ४ को बैठक पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
बैठकमा पर्वतका जगदिश पौडेल, स्याङजाका कृष्ण बन्धु पौडेल, कास्कीका डा. कृष्णराज अधिकारी, तनहुँबाट शिव बहादुर कार्की, लम्जुङ र मनाङबाट भोजराज चिलुवाल, नवलपुरबाट वलराम सुवेदी, मुस्ताङ र म्याग्दिबाट दुर्गा बहादुर दर्जी, बाग्लुङबाट डा. दीन बहादुर थापा तथा गोर्खाबाट यादव शर्माले जिल्लागत रिर्पोटिङ राखेको जनाइएको छ ।
प्रदेश नं ४ का ४२ जना सदस्य सहभागी रहेको सो बैठकले मुस्ताङ, म्याग्दि, बाग्लुङ र पर्वत हेर्नेगरी दुर्गा बहादुर दर्जी, गोरखा, नवलपुर, तनहुँ हेर्ने गरी बलराम सुवेदी र लम्जुङ, मनाङ, कास्की, स्याङजा हेर्नेगरी ऋषिराम सिग्देललाई सहसंयोजक जिम्मेवारी तोकिएको बताइएको छ । साथै बैठकले रिक्त सहसचिव पदमा कास्कीका दुर्गा भण्डारीलाई मनोनयन गरेको र केही प्रदेश सदस्यहरु थप गरिएको छ ।
बैठकमा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले “वर्तमान परिस्थितिमा बुद्धिजीविहरुको दायित्व र कार्यभार” विषयमा र सो संगठनका उपाध्यक्ष नीलकण्ठ तिवारीले स्थानीयतहको निर्वाचनमा ऐजेण्डा तय, विज्ञान तथा प्रविधिको विकास र बौद्धिक अभियानका विषयमा प्रशिक्षणात्मक मंतव्य राखेका थिए । प्रदेश नं ४ का सचिव डा. रविन्द्र घिमीरेद्धारा सञ्चालित सो बैठकमा संगठनका केन्द्रीय सदस्य डा. कृष्णराज अधिकारीले स्वागत मन्तव्य, संयोजक शंभु बहादुर अधिकारीले संक्षिप्त प्रतिवेदन र सहभागी सदस्यहरुले बौद्धिक कार्यभारका विविध पक्षबारे धारणा राखेको पनि जनाइएको छ ।
प्रदेश नं ४ को सो बैठकले स्थानीयतहको चुनावमा बौद्धिक समुदायको सक्रियता बढाउँदै जेठ ५ देखि १५ सम्म जिल्ला सम्मेलन सहित बौद्धिक अभियान कार्यक्रम बढाउने र जेठ २३ गतेभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको पनि प्रदेश संयोजक शम्भु अधिकारीले बताएका छन् ।

यसैबीच सो संगठनको प्रदेश नं १ को बैठक इलामको श्रीअंतु डाँडामा सम्पन्न भएको संगठनका उपाध्यक्ष राम बहादुर थापा मगरले बताएका छन् । प्रदेश नं १ अन्तर्गतका चौधवटै जिल्लाका ७० जना बुद्धिजीवि भाग लिएको सो बैठकले आगामी स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउन सम्पूर्ण वुद्धिजीविहरु सक्रिय हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

वि.सं.२०७३ फागुन २३ सोमवार ०६:११ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...