२३ फागुन,काठमाडौं । आगामी बैशाख ३१ ग्ते हुने स्थानीयतहको चुनाव र संगठनको राष्ट्रिय सम्मेलनलाई केन्द्रीत गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका प्रदेश बैठकहरु सम्पन्न गरिएको छ ।
हालै सम्पन्न भएको प्रदेश नं १ र ४ को बैठकमा बुद्धिजीविहरुले उक्त निर्णय गरेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता झलकपाणी तिवारीको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ४ का इन्चार्ज निलकण्ठ तिवारीको उपस्थिति र प्रदेश नं ४ का संयोजक शंभु बहादुर अधिकारीको अध्यक्षतामा प्रदेश नं ४ को बैठक पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
बैठकमा पर्वतका जगदिश पौडेल, स्याङजाका कृष्ण बन्धु पौडेल, कास्कीका डा. कृष्णराज अधिकारी, तनहुँबाट शिव बहादुर कार्की, लम्जुङ र मनाङबाट भोजराज चिलुवाल, नवलपुरबाट वलराम सुवेदी, मुस्ताङ र म्याग्दिबाट दुर्गा बहादुर दर्जी, बाग्लुङबाट डा. दीन बहादुर थापा तथा गोर्खाबाट यादव शर्माले जिल्लागत रिर्पोटिङ राखेको जनाइएको छ ।
प्रदेश नं ४ का ४२ जना सदस्य सहभागी रहेको सो बैठकले मुस्ताङ, म्याग्दि, बाग्लुङ र पर्वत हेर्नेगरी दुर्गा बहादुर दर्जी, गोरखा, नवलपुर, तनहुँ हेर्ने गरी बलराम सुवेदी र लम्जुङ, मनाङ, कास्की, स्याङजा हेर्नेगरी ऋषिराम सिग्देललाई सहसंयोजक जिम्मेवारी तोकिएको बताइएको छ । साथै बैठकले रिक्त सहसचिव पदमा कास्कीका दुर्गा भण्डारीलाई मनोनयन गरेको र केही प्रदेश सदस्यहरु थप गरिएको छ ।
बैठकमा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले “वर्तमान परिस्थितिमा बुद्धिजीविहरुको दायित्व र कार्यभार” विषयमा र सो संगठनका उपाध्यक्ष नीलकण्ठ तिवारीले स्थानीयतहको निर्वाचनमा ऐजेण्डा तय, विज्ञान तथा प्रविधिको विकास र बौद्धिक अभियानका विषयमा प्रशिक्षणात्मक मंतव्य राखेका थिए । प्रदेश नं ४ का सचिव डा. रविन्द्र घिमीरेद्धारा सञ्चालित सो बैठकमा संगठनका केन्द्रीय सदस्य डा. कृष्णराज अधिकारीले स्वागत मन्तव्य, संयोजक शंभु बहादुर अधिकारीले संक्षिप्त प्रतिवेदन र सहभागी सदस्यहरुले बौद्धिक कार्यभारका विविध पक्षबारे धारणा राखेको पनि जनाइएको छ ।
प्रदेश नं ४ को सो बैठकले स्थानीयतहको चुनावमा बौद्धिक समुदायको सक्रियता बढाउँदै जेठ ५ देखि १५ सम्म जिल्ला सम्मेलन सहित बौद्धिक अभियान कार्यक्रम बढाउने र जेठ २३ गतेभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको पनि प्रदेश संयोजक शम्भु अधिकारीले बताएका छन् ।
यसैबीच सो संगठनको प्रदेश नं १ को बैठक इलामको श्रीअंतु डाँडामा सम्पन्न भएको संगठनका उपाध्यक्ष राम बहादुर थापा मगरले बताएका छन् । प्रदेश नं १ अन्तर्गतका चौधवटै जिल्लाका ७० जना बुद्धिजीवि भाग लिएको सो बैठकले आगामी स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउन सम्पूर्ण वुद्धिजीविहरु सक्रिय हुने प्रतिबद्धता जाहेर गरेका छन् ।