Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

एक सय बढी टहरा भत्काइयो



२३ फागुन, गौशाला। महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ ।

नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर नगरपालिकाले नगरभित्रका १०० बढी पसल जथाभावी तोडफोड र भत्काउने काम गरेको पसलेले आरोप लगाएका छन् ।

यता नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो ।

यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

व्यापारीले स्काभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आईतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए । तर सो वार्ता निष्कर्षविहीन भयो ।


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।