back
CTIZAN AD

विश्व नेपाली साहित्य महासंघ दमाम क्षेत्रीय शाखा गठन

वि.सं.२०७३ फागुन २३ सोमवार

789 

shares

साउदी ।   विश्व नेपाली साहित्य महासंघ साउदी शाखाले १२ फेब्रुअरी २०१७ आइतबारको दिन विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाका अध्यक्ष बालकृष्ण पौडेलको सभापति तथा प्रमुख अतिथी सुर्य बिक्रम याख्या रहेका थिए।

संस्थालाई तिब्ररुपमा अगाडि बढाउन तथा छरिएर रहेका साहित्यिक अनुरागीलाई एकीकृत गर्दै अगाडि बढ्दै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ। सो छलफलमा संस्थाको उदेश्य प्राप्तिका लागि विभिन्न कुराहरुमा पनि छलफल भएको थियो।

शाखाले प्रकाशित गर्दै आईरहेको पुस्तक “यात्रा मरुभुमिको”  सस्करण-३ पुस्तक प्रकासनमा शसक्त रुपमा लागि पर्ने कुरामा बिशेष जोड दिएको थियो। र आगामी प्रकासन हुने “यात्रा मरुभुमिको”  अङ्क तेस्रो प्रकासन गर्न  सस्थाका  मनोनीत केद्रीय प्रतिनिधि ज्यु, सल्लाहकार तथा सम्पुर्ण पदाधिकारीहरुको सामुहिक छलफलबाट रचना सङ्गकल कार्य सुरु गर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै गरि  विश्व नेपाली साहित्य महासंघ साउदी साखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति  हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा दिपेन्द्र खड्काको नेतृत्वमा विश्व नेपाली साहित्य महासङ्घ साउदी दमाम क्षेत्रीय शाखा गठन गठन भएको छ।

दिपेन्द्र खड्काको नेतृत्वमा गठन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षमा जय भट्ट, सचिवमा दिलिप घिमिरे, सहसचिवमा राजन सुवेदी, कोषाध्यक्षमा शुक्र मोक्तान र सदस्यमा जगत मगर, रमेश आउजी, नरेन्द्र विस्ट र सुवास श्रेष्ठ रहेका छन् भने नगेन्द्र खड्का र तिलक अधिकारी सल्लाहकार समितिमा चयन गरिएका छन् ।

विश्व नेपाली साहित्य महासंघ साउदी अरब दमाम शाखाले आगामी दिनहरुमा नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई जगेर्ना गर्दै पुस्तक प्रकासन तथा हरेक साहित्यिक प्रतियोगिता  गर्ने प्रतिबद्धता  नव कार्यसमिति अध्यक्ष दिपेन्द्र  खड्काले  गरेका छन।

नव गठित कार्यसमितिलाई उपस्थित सबैले बधाई  तथा सफल कार्यकाल शुभकामना दिदै कार्यक्रमका सभापति बालकृष्ण पौडेलद्वारा  कार्यक्रम समापन भएको छ।

वि.सं.२०७३ फागुन २३ सोमवार ०७:३७ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...