Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्व नेपाली साहित्य महासंघ दमाम क्षेत्रीय शाखा गठन



साउदी ।   विश्व नेपाली साहित्य महासंघ साउदी शाखाले १२ फेब्रुअरी २०१७ आइतबारको दिन विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाका अध्यक्ष बालकृष्ण पौडेलको सभापति तथा प्रमुख अतिथी सुर्य बिक्रम याख्या रहेका थिए।

संस्थालाई तिब्ररुपमा अगाडि बढाउन तथा छरिएर रहेका साहित्यिक अनुरागीलाई एकीकृत गर्दै अगाडि बढ्दै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ। सो छलफलमा संस्थाको उदेश्य प्राप्तिका लागि विभिन्न कुराहरुमा पनि छलफल भएको थियो।

शाखाले प्रकाशित गर्दै आईरहेको पुस्तक “यात्रा मरुभुमिको”  सस्करण-३ पुस्तक प्रकासनमा शसक्त रुपमा लागि पर्ने कुरामा बिशेष जोड दिएको थियो। र आगामी प्रकासन हुने “यात्रा मरुभुमिको”  अङ्क तेस्रो प्रकासन गर्न  सस्थाका  मनोनीत केद्रीय प्रतिनिधि ज्यु, सल्लाहकार तथा सम्पुर्ण पदाधिकारीहरुको सामुहिक छलफलबाट रचना सङ्गकल कार्य सुरु गर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै गरि  विश्व नेपाली साहित्य महासंघ साउदी साखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति  हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा दिपेन्द्र खड्काको नेतृत्वमा विश्व नेपाली साहित्य महासङ्घ साउदी दमाम क्षेत्रीय शाखा गठन गठन भएको छ।

दिपेन्द्र खड्काको नेतृत्वमा गठन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षमा जय भट्ट, सचिवमा दिलिप घिमिरे, सहसचिवमा राजन सुवेदी, कोषाध्यक्षमा शुक्र मोक्तान र सदस्यमा जगत मगर, रमेश आउजी, नरेन्द्र विस्ट र सुवास श्रेष्ठ रहेका छन् भने नगेन्द्र खड्का र तिलक अधिकारी सल्लाहकार समितिमा चयन गरिएका छन् ।

विश्व नेपाली साहित्य महासंघ साउदी अरब दमाम शाखाले आगामी दिनहरुमा नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई जगेर्ना गर्दै पुस्तक प्रकासन तथा हरेक साहित्यिक प्रतियोगिता  गर्ने प्रतिबद्धता  नव कार्यसमिति अध्यक्ष दिपेन्द्र  खड्काले  गरेका छन।

नव गठित कार्यसमितिलाई उपस्थित सबैले बधाई  तथा सफल कार्यकाल शुभकामना दिदै कार्यक्रमका सभापति बालकृष्ण पौडेलद्वारा  कार्यक्रम समापन भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा