Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पूर्व सचिव भुषालको नेतृत्वमा संगठित हुँदै पूर्व हिमालयनहरु



17155240_1861912774051422_3990273337453214896_n

काठमाडौं । गुल्मी क्षेत्र नं ३ मा जन्मेर विभीन्न जिल्लामा बसोबास गर्ने बौद्धिकबर्ग संगठीत हुने भएका छन् । तीन नम्बर क्षेत्रको जेठो विद्यालय हिमालय उच्च माध्यमिक विद्यालय धुर्काेट बस्तुका पूर्व विद्यार्थीको हैसियतमा उनीहरु संगठीत हुने भएका हन् ।

पुरानो विद्यालय भएकोले प्राय गुल्मीको तीन नम्बर क्षेत्रका धेरै गाविसका विद्यार्थीले उक्त विद्यालयमा अध्ययन गरेका थिए । अहिले उनीहरु राज्यको उपल्लो ओहोदामा काम गरीरहेका, अवकासप्राप्त र विभीन्न पेशा व्यवसायमा समेत संलग्न छन् ।
सबै पूर्व विद्यार्थीहरुलाई संगठीत गरी हिमालय उच्च मावि पूर्व विद्यार्थी मञ्च गठन गर्नका लागि पूर्व सचिव यूवराज भुसालको संयोजकत्वमा तदर्थ समिति गठन गरीसकिएको छ । अव उहाँको संयोजकत्वमा सबै पूर्व विद्यार्थीलाई एकै छातामा गोलबन्द गरीने तदर्थ समितिका सचिव विमल घिमीरेले बताए ।
त्यसका लागि फागुन २७ गते बृहद भेला तथा सम्मान कार्यक्रमको आयोजना गरीएको उनले बताए । ‘उक्त दिन हिमालय उच्च माविका संस्थापक तथा निबृत्त गुरुहरु, विद्यालयका पूर्व विद्यार्थी तथा पूर्वसचिव यूवराज भुसाल र बर्तमान सचिव यूवकध्वज जिसीलाई सम्मान गर्ने कार्यक्रम छ’ उनले भने ‘मञ्चको मार्गदर्शन निर्माण, अनुमोदन र कार्यसमिति गठन पनि सोही दिन गरीने छ ।’
कार्यक्रम एआईए स्कूल शंखमूलमा दिउँसो तीन बजे आयोजना गरीएको पूर्व विद्यार्थी तथा मञ्चका प्रचार समितिका पुष्पलाल पाण्डेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ