back
CTIZAN AD

लोककवि अली मियाँ स्मृति फुटबल प्रतियोगिता हुने

वि.सं.२०७३ फागुन २३ सोमवार

729 

shares

२३ फागुन,पोखरा । लोक कवि अली मियाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ मुस्लिम युवा क्लबको आयोजनामा आगामी चैत १३ गतेदेखि १९ गतेसम्म पोखरामा लोककवि अली मियाँ स्मृति ‘सेभन ए साइड’ कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवम् मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँले नेपाली लोक साहित्य र संस्कृतिलाई सम्बद्र्धन गर्न लोककवि अलि मियाँले अतुलनीय योगदान गर्नुभएको बताउँदै उहाँको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा लगभग ४५ टिम सहभागी हुने बताइको छ । प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख २५ हजार र ७० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।

अली मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली लोक साहित्यमा आफ्नोे जीवन समर्पण गर्नुभएका लोक कविको स्मृतिमा राखिएको फुटबल प्रतियोगिताले उहाँका योगदानलाई बचाइ राख्ने विश्वास व्यक्त गर्नुभयो ।

‘फेरि उठ्ने छ नेपालको दोस्रो संस्करण पोखरामा’

त्यसैगरी नेपथ्य ब्यान्डको ‘फेरि उठ्नेछ नेपालको दोस्रो संस्करण’ आगामी चैत २६ गते पोखरामा प्रस्तुत गरिने भएको छ ।

कास्कीका ल्वाङ्घलेलस्थित गौरीशङ्कर मनिलाल उच्च मावि र सल्यान बासखर्कस्थित भूमेश्वर प्राविको सहयोगार्थ हुने उक्त प्रस्तुतिमा १० हजार दर्शक सहभागी हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक किरण गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपथ्य ब्यान्डले सन् २०१६ मा काठमाडाँैमा १० हजारभन्दा बढी दर्शकको सहभागितामा फेरि उठ्नेछ नेपालको प्रथम संस्करण सम्पन्न गरेकामा दोस्रो संस्करण पोखरामा गर्न लागेको हो ।

कार्यक्रमबाट लगभग २० लाख रुपैयाँ बचत गरी दुई विद्यालयको सहयोगार्थ प्रदान गर्ने लक्ष्य राखिएको गुरुङले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन २३ सोमवार ०७:५८ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...